थप स्पोर्टी वनेर आयो फक्सवागन टिगुवानको एक्सक्लुसिभ एडिसन

फक्सवागनले आफ्नो चर्चित एसयूभी टिगुवानको एक्सक्लुसिभ एडिसन लन्च गरेको छ । इन्टेरियर र एक्सटेरियरमा सामान्य कस्मेटिक अपडेट गरिएको यो एसयूभीको मूल्य ३३ लाख ५० हजार भारु निर्धारण गरिएको छ । यसको पावरट्रेन र मूख्य फिचर भने रेगुलर मोडल सरहनै रहेको छ ।

यो नयाँ एडिसनमा १८ इन्चको ट्विन फाइभ स्पोक एलोई ह्विल दिइएको छ । जसले नयाँ एसयूभीको लुक्सलाई थप स्पोर्टी देखाउन मद्धत गरेको छ । साथै ह्विलमा डाइनामिक हवक्याप र पछाडी लोड सिल प्रोटेक्सन थप गरिएको छ । यसको वि पिल्लरमा स्पेसल एडिसन लेखिएको व्याज समेत टाँसिएको छ । क्याविनमा खासै अपडेट नगरिएपनि यसमा एल्मुनियम फुट प्याडल भने थप गरिएको छ ।

रेगुलर टिगुवानकै पावरट्रेन दिइएको यो नयाँ एडिसनमा फक्सवागनले २.० लिटर, फोर सिलिन्डर, टर्वोचार्ज्ड पेट्रोल इन्जिन उपलब्ध गराएको छ । जसको पावर १९० एचपी र टर्क ३२० एनएम रहेको छ । यसमा ७ स्पिड डुअल क्लच अटोमेटिक ट्रान्समिसन र अल ह्विल ड्राइभ सिस्टम दिइएको छ ।

यसमा एलइडी म्याट्रिक्स हेडलाइट, गेस्चर कन्ट्रोल सहितको ८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट, लेदर सिट, एम्विएन्ट लाइटिङ, थ्रि जोन क्लाइमेट कन्ट्रोल सिस्टम र पानारोमिक सनरुफ लगायत फिचर्स समेल गरिएको छ । सेफ्टि फिचर अन्तर्गत ६ ओटा एयरव्याग, एविएस, इएससी, हिल स्टार्ट एसिस्ट र हिल डिसेन्ट कन्ट्रोल दिइएको छ ।

सम्बन्धित समाचारहरू

२०२१ फक्सवागन टिगुआन अलस्पेस फेसलिफ्टको टिजर सार्वजनिक, यस्तो हुनेछ फिचर

२०२१ फक्सवागन टिगुआन अलस्पेस फेसलिफ्टको टिजर सार्वजनिक, यस्तो हुनेछ फिचर

जर्मनअटोमोबाइल कम्पनी फक्सवागनले गत वर्ष मार्चमा तीन पंक्ति अर्थात थ्री...

टाइगुन र भर्टसका सबै भेरिएन्टमा स्ट्यान्डर्ड ६ एयरब्याग उपलब्ध गराउने फक्सवागनको घोषणा

टाइगुन र भर्टसका सबै भेरिएन्टमा स्ट्यान्डर्ड ६ एयरब्याग उपलब्ध गराउने फक्सवागनको घोषणा

फक्सवागन इन्डियाले सेफ्टीका लागि टाइगुन र भर्टसका सबै भेरिएन्टमा...

नयाँ वर्ष अफर : फक्सवागनका कार किन्दा २ लाख ५० हजार र अन्य धेरै छुट

नयाँ वर्ष अफर : फक्सवागनका कार किन्दा २ लाख ५० हजार र अन्य धेरै छुट

काठमाडौं – नयाँ वर्ष २०७८ को अवसरमा ह्याप्पी न्यु वागन २०७८, हर्ष नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...