टाइगुनले पायो भारतमा ४ वटा प्रतिष्ठित अवार्ड, सुरुवाती मूल्य अब ५१ लाख ९० हजार
फक्सवागनको लोकप्रिय एसयुभी टाइगुनले भारतमा ४ वटा प्रतिष्ठित अवार्ड हात...
फक्सवागनले बजारमा ल्याउने तयारी गरिरहेको एसयूभी टाइगुन भारतीय डिलरमा देखिएको र यसबाट थप जानकारी सार्वजनिक भएको छ । गत वर्षको अटो एक्सपोमा कन्सेप्ट मोडल प्रदर्शन गरिएको फक्सवागन टाइगुन अर्को महिना कम्पनीले बजारमा उतार्ने तयारी गरिरहेको छ । भारतमै लन्च हुने समयमा नेपालमा समेत लन्च हुने आशा गरिएको सो एसयूभी हाल धेरैले ब्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको एसयूभी हो ।
सो एसयूभीको बुकिङ आगामी साता देखि नै प्रारम्भ हुने र अगस्त १८ देखि औपचारिक प्रोडक्सन शुरु हुने सम्भावना छ । यद्यपि यो धेरैपटक परीक्षणको क्रममा समेत देखिएको छ ।
फक्सवागन टाइगुनमा कम्पनीको नयाँ ब्रान्ड लोगो हुनेछ र यसलाई स्थानीय एमक्यूबी एओ आईएन प्लेटफर्ममा तयार गरिने छ । यही प्लेटफर्म हालै नेपालमा समेत लन्च गरिएको स्कोडा कुशाकमा पनि प्रयोग गरिएको छ । फक्सवागन ग्रुपको इन्डिया २.० प्रोजेक्ट अन्तर्गत बजारमा उपलब्ध हुने नयाँ मोडल मध्ये यो पनि एक हो ।
फक्सवागनको यो नयाँ एसयूभीमा ड्युअल स्लट क्रोम ग्रिल, ड्युअल लेन्स प्रोजेक्टर हेडल्याम्प र नयाँ एलईडी डीआरएल हुनेछ । क्रोम सराउन्ड फगल्याम्प, तल्लो भागमा क्रोम इन्सर्टका साथ बम्पर र कन्ट्रास्ट कलर्ड स्किड प्लेटले यसको फ्रन्ट लुकलाई अझै स्पोर्टी देखाउन सहयोग गर्नेछ । त्यसैगरी यसमा बोल्ड सोल्डर, शार्क फिन एन्टेना र सिल्भर रुफरेलका साथ १७ इन्च ड्युअल टोन अलोय ह्विल हुनेछ । पछिल्लो भागमा क्रोम एक्सेन्टका साथ बम्पर र टेलगेटको फराकिलो भागमा एलईडी टेलल्याम्प हुनेछ ।
यसमा स्मार्टफोन कनेक्टिभिटी र माई फक्सवागन कनेक्ट एपका साथ १० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम हुनेछ । त्यसैगरी फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, वायरलेस चार्जिङ प्याड, सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, यूएसबी टाइप सी पोर्ट, भेन्टिलेटेड फ्रन्ट सिट, इन्जिन स्टार्टस्टप बटम र अन्य धेरै फिचर हुने छन् ।
सुरक्षाका लागि टाइगुनमा ६ एयरब्याग, आइसोफिक्स चाइल्ड सिट माउन्ट, टायर प्रेसर डिफ्लेसन चेतावनी आदि हुनेछन् । यसको सबै भेरिएन्टमा स्ट्यान्डर्ड रुपमा इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल हुनेछ ।
यसमा १.० लिटर थ्री सिलिन्डर १.५ लिटर फोर सिलिन्डर गरी दुई टर्बो पेट्रोल इन्जिन हुनेछ, जसले क्रमशः ११५ बीएचपी र १५० बीएचपी पावर तथा १७५ एनएम र २५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड हुनेछ । १.० लिटरमा ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स र १.५ लिटरमा ७ स्पिड डीसीटी अटोमेटिक ट्रान्समिसन हुनेछ ।
फक्सवागनको लोकप्रिय एसयुभी टाइगुनले भारतमा ४ वटा प्रतिष्ठित अवार्ड हात...
काठमाडौं – नेपालका लागि फक्सवागनको अधिकृत वितरक पूजा इन्टरनेसनल नेपाल...
भारतले युरोपियन युनियनबाट आयात हुने कारमा भारी मात्राले कर घटाउने भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...