नेपाल भित्रियो फक्सवागन टाइगुन, चितवनबाट आज -यालीसहित काठमाडौं भित्रिदै
काठमाडौं – भारतमा केही दिन पहिले सार्वजनिक गरिएको फक्सवागन टाइगुन एसयूभी...
फक्सवागन टाइगुन नेपालमा बहुप्रतीक्षित एसयूभी हो । यो एसयूभी भारत र नेपालमा साथै लन्च हुने सम्भावना छ । यसले गर्दा पनि कम्पनीले नेपालमा लन्च गर्ने निर्धारित मितिमा खासै असर नपर्ने बताइएको छ ।
भारतभित्रै अत्यधिक मात्रामा माग गर्न थालिएका कारण माग र उत्पादनको अवस्था हेरेर यसको नेपाल भित्रिने मिति तय हुने देखिएको छ । भारतीय बजारमा सार्वजनिक भएलगत्तै नेपालमा पनि यसको बुकिङ खोलिने र त्यसको केही समय लगत्तै ग्राहकलाई डेलिभरी दिइने स्रोतले बताएको छ ।
भारतीय बजारमा १० देखि १७ लाख भारतीय रुपैयाँ मूल्य पर्ने अनुमान लगाइएको यो एसयुभी नेपाल भित्रिंदा ५५ देखि ७० लाख हाराहारी मूल्य पर्ने अनुमान लगाउन सकिन्छ । कम्फर्ट, हाईलाइन र टपलाइन गरी भिन्न ३ भेरिएन्टमा उपलब्ध रहने टाइगुन म्यानुअल र अटोमेटिक गरी दुईवटै ड्राइभिङ अप्सनमा उपलब्ध हुनेछ ।
यो एसयूभीमा फक्सवागन आफैले विकास गरेको र पछिल्लो प्रविधिमा आधारित १.० टीएसआई इन्जिन जडान गरिएको छ । जुन अत्यधिक शक्तिशाली र मबजुत मानिन्छ ।
१ हजार सीसी क्षमताको इन्जिन जडान भएपनि यसले दिने पावर र टर्क भने प्रतिस्पर्धी ब्रान्डका सोही सेग्मेन्टका गाडीमा प्रयोग हुने १ हजार ५ सय सीसी क्षमतायुक्त एमपीआई इन्जिन बराबरको छ । टाइगुनको अधिकतम पावर ११५ बीएचपी र टर्क १७८ एनएम रहेको छ ।
काठमाडौं – भारतमा केही दिन पहिले सार्वजनिक गरिएको फक्सवागन टाइगुन एसयूभी...
भारत सरकारले १.४ बिलियन अमेरिकी डलर कर छली गरेको आरोपमा फक्सवागनलाई नोटिस...
अमेरिकामा कोभिड–१९ को महामारी पछि पहिलो पटक शिकागो अटो शो आयोजना भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...