फक्सवागन ईभीमा एक्सपेङको प्रविधि, नयाँ एसयूभी सार्ववजनिक
काठमाडौं–फक्सवागनले चीनमा आफ्नो नयाँ विद्युतीय एसयूभी आईडी औरा टी६...
फक्सवागन टाइगुन नेपालमा बहुप्रतीक्षित एसयूभी हो । यो एसयूभी भारत र नेपालमा साथै लन्च हुने सम्भावना छ । यसले गर्दा पनि कम्पनीले नेपालमा लन्च गर्ने निर्धारित मितिमा खासै असर नपर्ने बताइएको छ ।
भारतभित्रै अत्यधिक मात्रामा माग गर्न थालिएका कारण माग र उत्पादनको अवस्था हेरेर यसको नेपाल भित्रिने मिति तय हुने देखिएको छ । भारतीय बजारमा सार्वजनिक भएलगत्तै नेपालमा पनि यसको बुकिङ खोलिने र त्यसको केही समय लगत्तै ग्राहकलाई डेलिभरी दिइने स्रोतले बताएको छ ।
भारतीय बजारमा १० देखि १७ लाख भारतीय रुपैयाँ मूल्य पर्ने अनुमान लगाइएको यो एसयुभी नेपाल भित्रिंदा ५५ देखि ७० लाख हाराहारी मूल्य पर्ने अनुमान लगाउन सकिन्छ । कम्फर्ट, हाईलाइन र टपलाइन गरी भिन्न ३ भेरिएन्टमा उपलब्ध रहने टाइगुन म्यानुअल र अटोमेटिक गरी दुईवटै ड्राइभिङ अप्सनमा उपलब्ध हुनेछ ।
यो एसयूभीमा फक्सवागन आफैले विकास गरेको र पछिल्लो प्रविधिमा आधारित १.० टीएसआई इन्जिन जडान गरिएको छ । जुन अत्यधिक शक्तिशाली र मबजुत मानिन्छ ।
१ हजार सीसी क्षमताको इन्जिन जडान भएपनि यसले दिने पावर र टर्क भने प्रतिस्पर्धी ब्रान्डका सोही सेग्मेन्टका गाडीमा प्रयोग हुने १ हजार ५ सय सीसी क्षमतायुक्त एमपीआई इन्जिन बराबरको छ । टाइगुनको अधिकतम पावर ११५ बीएचपी र टर्क १७८ एनएम रहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...