फक्सवागनले युरोपेली बजारका लागि आगामी क्रसओभरको आधिकारिक नाम घोषणा गरेको छ । कम्पनीले सो कारको नाम टाइगोे राखेको छ । सो एसयूभीले मुख्यतया कम्प्याक्ट सेगमेन्टमा ब्रान्डको एसयूभी पोर्टफोलियो विस्तार गर्न मद्दत गर्नेछ । सो एसयूभी बिक्रीमा सबैभन्दा अगाडि हुने दावी गरिएको छ । यसको डिजाइनको स्केच पनि स्पोर्टी देखाइएको छ ।
कम्पनीको सो एसयूभीमा लेटेस्ट सिस्टम र फिचर समावेश गरिनेछ । क्रसओभर युटिलिटी भेइकलको रूपमा विकसित गर्न लागेको सो एसयूभीमा टीएसआई पेट्रोल इन्जिन समावेश गरिनेछ । साथै एलईडी हेडल्याम्प र डिजिटल ककपिट सिस्टम जस्ता फिचर समावेश गरिनेछ ।
फक्सवागनको सो एसयूभी स्पेनको पाम्प्लोनामा उत्पादन गरिनेछ । साथै यो वर्षको अन्त्यमा बिक्री सुरु हुनेछ । सार्वजनिक गरिएको स्केच अनुसार कारको डिजाइन फेसियाको हेक्सागोनल कालो ग्रिल र भीडब्ल्यु ब्याच समावेश गरिएको छ ।
सो कारको बोनटमा उल्लेखनीय क्यारेक्टर लाइन रहेको छ । साथै एलईडी हेडल्याम्प, एलईडी डीआरएल, चौडा इनलेट र गहिरो ग्रोभ गरिएको सी आकारको बम्पर तीन स्तरीय एलईडी मल्टी स्पोक लाइट रहेको छ ।
फक्सवागन टाइगोेको पछाडि एलईडी टेलल्याम्प, तल्लो भागमा टाइगोे लेखिएको बुट लिड, डुअल टोन रुफ, बम्परको दुबै साइडमा समान आकारको क्रोम गरिएको आउटलेट र आर लाइन ट्रिम समावेश रहेको छ ।
सो कार फक्सवागनको टी–क्रस र पोलो जस्तै एमक्यूबी एओ इन प्लेटफर्ममा निर्माण गरिनेछ । यसमा १.० लिटरको थ्री सिलिण्डर टीएसआई इन्जिन समावेश गरिनेछ । साथै १.५ लिटर मोटर प्याकेज पनि समावेश गर्ने सम्भावना रहेको छ । सो कार लन्च भएमा टोयोटा सी–एचआर जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ ।