२०२१ फक्सवागन टिगुआन अलस्पेस फेसलिफ्टको टिजर सार्वजनिक, यस्तो हुनेछ फिचर
जर्मनअटोमोबाइल कम्पनी फक्सवागनले गत वर्ष मार्चमा तीन पंक्ति अर्थात थ्री...
काठमाडौं– फक्सवागन गाडीको नेपालका लागि आधिकारिक वितरक पुजा इन्टरनेश्नल नेपालले टाईगुन एसयूभी लक्षित नयाँ स्किम ल्याएको छ । ‘फक्सवागन सिज्लिङ समर डिल’ नामले आएको उक्त अफर अन्तर्गत ग्राहकले टाइगुन
एसयूभीलाई ५ वर्षसम्म एउटै दर कायम हुने ब्याजमा खरिद गर्न सक्नेछन् ।
यसरी गाडी खरिद गर्दा जम्मा ६.९९ प्रतिशत ब्याजदर लाग्ने कम्पनीले जनाएको छ । यसैगरी, एक वर्षको रोड ट्याक्स, ४ वर्षको निशुल्क सर्भिस र ५ लाखसम्म एक्सचेन्ज वोनस पाउन सकिनेछ । टाइगुन वेस भेरिएन्टको मूल्य ५४ लाख ९० हजार र टप भेरिएन्टको ७९ लाख ५० हजार पर्छ ।
यो मिड साइज कम्प्याक्ट एसयूभीमा ९९९ सीसीको टर्बो–चार्ज्ड स्ट्राटिफाइड इन्जेक्सन (टीएसआई) इन्जिन जडान गरिएको छ । जसले क्लासमै सबैभन्दा धेरै ११५ पीएस पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ ।
कारमा १० इन्चको इन्फोटेनमेन्ट सिस्टम, ठूलो ह्विलबेस, फुल डिजिटल क्लस्टर, फ्रन्ट भेन्टिलेटेड सिट, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रिक मुनरुफ, ३८५ लिटरको बकेट टाइप बुट स्पेस र एलईडी टेललाइटल लगायत फिचर पाउन सकिन्छ । साथै कारमा ४० भन्दा धेरै प्रकारका सेफ्टि फिचर दिइएको छ ।
जर्मनअटोमोबाइल कम्पनी फक्सवागनले गत वर्ष मार्चमा तीन पंक्ति अर्थात थ्री...
अमेरिकामा कोभिड–१९ को महामारी पछि पहिलो पटक शिकागो अटो शो आयोजना भएको छ ।...
एमजी मोटर्सले नयाँ इलेक्ट्रिक ह्याचव्याक कार एमजी४ सार्वजनिक गरेको छ । यो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...