फक्सवागन पोलो ७ भेरिएन्टमा नेपालमा उपलब्ध, यस्तो छ सबै भेरिएन्टको मूल्य

प्रिमियम ब्रान्डका रुपमा विश्वभर परिचित ब्रान्ड हो फक्सवागन । यो ब्रान्ड औपचारिक रुपमा नेपाल भित्रिएको १२ बर्ष पुरा भैसकेको छ । नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले २०६७ मा यसलाई नेपाल भित्र्याएको हो ।

फक्सवागन नेपाल भित्रिएपछि प्रिमियम ब्रान्ड प्रयोग गर्न चाहने उपभोक्ताका लागि एक उत्तम विकल्प बनिरहेको छ । सुरुवाती समयमा युरोपबाट महंगा एसयूभी र सेडान कार भित्र्याएको कम्पनीले पछिल्लो समय भारतीय बजारमा उत्पादन हुने साना र कम मूल्यका कारको समेत बिक्री गर्दै आइरहेको छ । फक्सवागनको हाल बजारमा उपलब्ध सबैभन्दा सस्तो कार पोलो हो ।

ह्याचब्याक सेग्मेन्टको यो कार भिन्न ७ भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य ३० लाख ९० हजारदेखि ४७ लाख ४० हजार रुपैयाँसम्म पर्छ । १ हजार सीसी क्षमताको यो कार एमपीआई र टीएसआई गरी २ इन्जिन अप्सनमा उपलब्ध छ । जसमध्ये टीएसआई इन्जिनमा ४ भेरिएन्ट र एमपीआई इन्जिनमा ३ भेरिएन्ट उपलब्ध छ ।

नेपाली बजारमा सबैभन्दा कम मूल्यको पोलो ट्रेन्डलाइन प्लसको मूल्य ३० लाख ९० हजार कायम गरिएको छ । त्यसैगरी पोलो कम्फर्टलाइनको ३४ लाख ४० हजार, कम्फर्टलाइन टीएसआइको ३६ लाख ९० हजार, हाइलाइन प्लसको ३९ लाख ९० हजार र हाइलाइन प्लस टीएसआईको ४० लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

यसैको अटोमेटिक भेरिएन्टको मूल्य ४५ लाख ४० हजार रुपैयाँ निर्धारण गरिएको छ । सबैभन्दा महंगो पोलो जीटी हाइलाइन टीएसआई अटोमेटिकको मूल्य भने ४७ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

थप स्पोर्टी वनेर आयो फक्सवागन टिगुवानको एक्सक्लुसिभ एडिसन

थप स्पोर्टी वनेर आयो फक्सवागन टिगुवानको एक्सक्लुसिभ एडिसन

फक्सवागनले आफ्नो चर्चित एसयूभी टिगुवानको एक्सक्लुसिभ एडिसन लन्च गरेको छ ।...

७ वर्षसम्म स्थिर रहने ब्याज दरमा फक्सवागन गाडी, फेस्टिभ अफरमा विदेश भ्रमण र नगद छुट

७ वर्षसम्म स्थिर रहने ब्याज दरमा फक्सवागन गाडी, फेस्टिभ अफरमा विदेश भ्रमण र नगद छुट

काठामाडौं– फक्सवागन गाडीको नेपालका लागि आधिकारिक बितरक पूजा इन्टरनेश्नल...

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

काठमाडौं –  हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...