फक्सवागन पोलो ७ भेरिएन्टमा नेपालमा उपलब्ध, यस्तो छ सबै भेरिएन्टको मूल्य

प्रिमियम ब्रान्डका रुपमा विश्वभर परिचित ब्रान्ड हो फक्सवागन । यो ब्रान्ड औपचारिक रुपमा नेपाल भित्रिएको १२ बर्ष पुरा भैसकेको छ । नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रालिले २०६७ मा यसलाई नेपाल भित्र्याएको हो ।

फक्सवागन नेपाल भित्रिएपछि प्रिमियम ब्रान्ड प्रयोग गर्न चाहने उपभोक्ताका लागि एक उत्तम विकल्प बनिरहेको छ । सुरुवाती समयमा युरोपबाट महंगा एसयूभी र सेडान कार भित्र्याएको कम्पनीले पछिल्लो समय भारतीय बजारमा उत्पादन हुने साना र कम मूल्यका कारको समेत बिक्री गर्दै आइरहेको छ । फक्सवागनको हाल बजारमा उपलब्ध सबैभन्दा सस्तो कार पोलो हो ।

ह्याचब्याक सेग्मेन्टको यो कार भिन्न ७ भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य ३० लाख ९० हजारदेखि ४७ लाख ४० हजार रुपैयाँसम्म पर्छ । १ हजार सीसी क्षमताको यो कार एमपीआई र टीएसआई गरी २ इन्जिन अप्सनमा उपलब्ध छ । जसमध्ये टीएसआई इन्जिनमा ४ भेरिएन्ट र एमपीआई इन्जिनमा ३ भेरिएन्ट उपलब्ध छ ।

नेपाली बजारमा सबैभन्दा कम मूल्यको पोलो ट्रेन्डलाइन प्लसको मूल्य ३० लाख ९० हजार कायम गरिएको छ । त्यसैगरी पोलो कम्फर्टलाइनको ३४ लाख ४० हजार, कम्फर्टलाइन टीएसआइको ३६ लाख ९० हजार, हाइलाइन प्लसको ३९ लाख ९० हजार र हाइलाइन प्लस टीएसआईको ४० लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

यसैको अटोमेटिक भेरिएन्टको मूल्य ४५ लाख ४० हजार रुपैयाँ निर्धारण गरिएको छ । सबैभन्दा महंगो पोलो जीटी हाइलाइन टीएसआई अटोमेटिकको मूल्य भने ४७ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

सेप्टेम्बर २३ मा लन्च हुने भयो फक्सवागन टाइगुन

सेप्टेम्बर २३ मा लन्च हुने भयो फक्सवागन टाइगुन

फक्सवागनको बहुप्रतीक्षित एसयूभी टाइगुन आगामी सेप्टेम्बर २३ अर्थात असोज ७...

जीडब्लुएमका तीन गाडी भित्रिए नेपालमा : विश्वकै सस्तो इलेक्ट्रिक कार ओरा आर१  समेत ल्याउने

जीडब्लुएमका तीन गाडी भित्रिए नेपालमा : विश्वकै सस्तो इलेक्ट्रिक कार ओरा आर१ समेत ल्याउने

काठमाडौं – ग्रेटवाल मोटर (जीडब्लुएम) कम्पनीले तीन मोडलका गाडी नेपाली...

शिकागो अटो शोमा कल, म्यासेज र डेटा एक्सेस भएका कार

शिकागो अटो शोमा कल, म्यासेज र डेटा एक्सेस भएका कार

अमेरिकामा कोभिड–१९ को महामारी पछि पहिलो पटक शिकागो अटो शो आयोजना भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...