फक्सवागनद्वारा युरोपमा नयाँ आईडी डट टिगुआन इलेक्ट्रिक एसयूभी सार्वजनिक, सन् २०२७ मा विश्वव्यापी लन्च गर्ने
फक्सवागनले युरोपेली बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक एसयूभी आईडी डट...
फक्सवागन समूहले भारतमा आफ्नो विद्युतीय गाडीको प्लेटफर्म र पावरट्रेनलाई स्थानीयकरण गर्ने काम सुरु गरेको बताएको छ । नयाँ ‘बोर्न ईभी’ प्लेटफर्मलाई ‘पीक इभी’ कोडनेम प्रोजेक्ट अन्तर्गत विकास गर्न लागिएको हो ।
मिडिया रिपोर्टका अनुसार फक्सवागनले ‘एमईबी२१जी’ प्लेटफर्म भारतमा ल्याउने योजना बनाएको छ । सो नयाँ प्लेटफर्मलाई कम लागतमा ल्याउन उसले धेरै विषयमा स्थानियकरण गर्न लागेको हो । कम्पनीको चाकन प्लान्टमा उत्पादन हुने धेरै एसयूभीलाई ईभी भर्सनमा ल्याउने कम्पनीको भनाई छ ।
नयाँ प्लेटफर्ममा आधारित पहिलो मोडेल फक्सवागनको ब्रान्डेड इलेक्ट्रिक एसयूभी हुने र यो २०२६ आसपासमा डेब्यू हुने अपेक्षा गरिएको छ।
पीक ईभी परियोजनाको लागि एक बिलियन यूरो लगानी गर्न लागिएको फक्सवागनले जनाएको छ । कम्पनीले घरेलु र निर्यात बजारका लागि वार्षिक ५ लाख युनिट कार निर्माण गर्ने लक्ष्य राखेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...