बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
जर्मन कार निर्माता कम्पनी फक्सवागन र माइक्रोसफ्ट कम्पनी बीच इलेक्ट्रिक कार निर्माणका लागि साझेदारी हुने भएको छ । दुई कम्पनीको साझेदारीमा सेल्फ ड्राइभिङ कार निर्माण गरिने भएको छ ।
फक्सवागनले नयाँ सफ्टवेयर डिभिजन माइक्रोसफ्टसाथ मिलेर क्लाउडमा आधारित प्लेटफर्म निर्माण गर्नेछ । जसले यसको विकास हुने प्रक्रियालाई सजिलो बनाउने र टेक्नोलोजीलाई तीव्र गतिमा इन्ट्रिगेट गर्न मदत गर्नेछ ।
फक्सवागनका अनुसार कम्पनी बढी क्षमतायुक्त अटोनोमस कार निर्माण गर्ने दिशामा बढिरहेको छ । सन २०२५ सम्ममा डिजिटल सञ्चालनका लागि फक्सवागनले २७ बिलियन यूरो बजेट छुट्याएको छ । फक्सवागनद्वारा स्थापित कार सफ्टवेयर युनिटमा फक्सवागन अपरेटिङ सिस्टममा काम गर्ने ११ हजार कर्मचारीको टिम हुनेछ जसले क्लाउड सिस्टममा कारलाई जोड्ने छ ।
फक्सवागनले पहिलो पटक २०१८ मा फ्युचरिस्टिक कार बनाउने योजनामा अटोमोटिभ क्लाउडको लागि माइक्रोसफ्टसँग साझेदारी गरेको थियो । स्थानीय मिडिया रिपोर्ट अनुसार यो वर्षको अन्तमा क्लाउड अटोनोमसमा आधारित कार परीक्षण गरिनेछ । रिपोर्ट अनुसार सो सफ्टवेयरलाई फक्सवागनको २०२२ मा सुरु हुने प्रोडक्शन कारमा प्रयोग गरिनेछ ।
फक्सवागन भन्दा पहिलो जनरल मोटर्सले अटोनोमस भेइकललाई उत्कृष्ट बनाउनको लागि माइक्रोसफ्टसँग पहिलो पटक साझेदारी गरेको थियो । फ्रान्सको भेइकल निर्माता कम्पनी रेनोले गएको वर्ष गुगलसँग साझेदारी गरेको थियो भने फोर्डले पनि क्लाउड कम्युटिङ डेभलपको लागि गुगलसँग साझेदारी गरेको छ । सो साझेदारीमा गुगलले फोर्डको कारमा सफ्टवेयर डेभलप गर्नको लागि मदत गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...