इन्ट्री लेभल ईभीमा फक्सवागनको प्रवेश

फक्सवागनले विश्वव्यापी स्तरमा आफ्नो पहिलो इलेक्ट्रिक कार आइडी.एभ्रिवान पेश गरेको छ । सो एसयूभी कम्पनीको पहिलो इलेक्ट्रिक हुनुका साथै इन्ट्री लेवल कार पनि हो । सो कार हाल युरोपेली बजारको लागि ल्याइएको छ । यसलाई सन् २०२७ सम्ममा लन्च गर्ने सम्भावना छ ।

यसको डिजाइन शार्प बडी लाइनको भन्दा धेरै गोलाकार देखिन्छ । यसको लम्बाइ ३८८० एमएम र बुट स्पेस ३०५ लिटर छ । यसमा कालो रङको प्यानलमा आयातकार एलईडी लाइटिङले सुसज्जित छ । यसको बम्पर स्माइलिङ लुक दिइएको छ । साथै यसमा भर्टिकल एलईडी लाइटिङ डिम्पल जस्तो देखिन्छ।

यसको सिल्हुट एकदमै सफा बनाइएको छ । आइडी.एभ्रिवानमा फ्लस टाइपको डोर ह्यान्डल, ब्ल्याक आउट ओआरभीएम र १९ इन्चको ड्युअल टोन अलोय ह्विल दिइएको छ । यसको रियरमा र्‍याप अराउन्ड टेल लाइट र सानो रुफ माउन्ट स्पोइलर लिप दिइएको छ ।

फक्सवागन आइडी.एभ्रिवान इलेक्ट्रिक कारको इन्टेरियर निकै फ्युचरिस्टिक देखिन्छ । यसको ड्यासबोर्डमा ठुलो स्क्रिन,  टु-स्पोक स्टेयरिङ ह्विल र ब्लुटुथ स्पिकरको साथमा फ्रन्ट सेन्टर आर्मरेस्ट प्रदान गरिएको छ । यसको क्याबिनमा ड्युअल टोन ब्ल्याक एन्ड ह्वाइट थिम दिइएको छ । यसमा इन्फोटेनमेन्टको लागि ठुलो टचस्क्रिन, फुल डिजिटल ड्राइभर डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, प्रिमियम अडियो सिस्टम र कनेक्टेड कार प्रविधि देख्न सकिन्छ ।

सो इलेक्ट्रिक कार नयाँ मोड्युलर एमईबी प्लेटफर्ममा आधारित हुनेछ । हालसम्म कम्पनीले यसको ब्याट्री प्याक र साइजको खुलासा गरेको छैन, तर यसको इलेक्ट्रिक मोटरले ९५ पीएसको पावर उत्पादन गर्ने र १३० किलोमिटर प्रतिघण्टाको अधिकतम गति दिने अपेक्षा गरिएको छ ।

यसको ब्याट्री प्याकले एक पटक चार्जमा कम्तीमा २५० किलोमिटरको रेन्ज दिने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

सार्वजनिक भयो फक्सवागन भर्टस, भेन्टोको स्थान लिने

सार्वजनिक भयो फक्सवागन भर्टस, भेन्टोको स्थान लिने

फक्सवागन भर्टस सार्वजनिक भएकोे छ । सो नयाँ मोडल भारतीय बजारमा छिट्टै लन्च...

रुसले उत्तर कोरियाली नेतालाई विलाशी कार उपहार दिएपछि दक्षिण तनावमा

रुसले उत्तर कोरियाली नेतालाई विलाशी कार उपहार दिएपछि दक्षिण तनावमा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली नेता किम जोङ–उनलाई...

फक्सवागन र स्कोडा गाडीमा प्रयोग हुने टीएसआई इन्जिन के हो, के छ यसको फाइदा ?

फक्सवागन र स्कोडा गाडीमा प्रयोग हुने टीएसआई इन्जिन के हो, के छ यसको फाइदा ?

नेपाली बजारमा कारोबार हुने दुई युरोपियन ब्रान्ड फक्सवागन र स्कोडा कारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...