लक्जरी प्याकेज सहितको फक्सवागन ट्वारेग–आर नेपाली बजारमा, मूल्य ३ करोड २५ लाख
काठमाडौं – नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल...
फक्सवागनको इलेक्ट्रिक माइक्रोबस आगामी मार्च ९ मा सार्वजनिक गरिने भएको छ । अमेरिकी बजारमा सर्वप्रथम सार्वजनिक गरिने सो माइक्रोबस कम्पनीको सबैभन्दा चर्चित इलेक्ट्रिक कन्सेप्ट मध्ये एक हो ।
फक्सवागनका सीईओ हर्बर्ट डायसले एक ट्विटमार्फत यसको जानकारी दिएका छन् । फक्सवागनको चर्चित कार बिटललाई अहिले धेरैले सम्झिन्छन् । फक्सवागनको ब्रान्ड पहिचानमा यसले महत्वपूर्ण भूमिका खेलेको छ । फक्सवागनको यो माइक्रोबस लन्च पश्चात फेरि फक्सवागनको पहिचानलाई एक कदम माथि उठाउने अपेक्षा गरिएको छ ।
कम्पनीले विगत एक दशकमा नयाँ माइक्रोबसको प्रोटोटाइपहरूको श्रृंखला देखाएको छ, जसको कोडनेम बुड ई र बुल्ली नाम दिइएको छ । यद्यपि यसलाई कम्पनीले कहिल्यै पनि उत्पादन लाइनमा राखेन, तर तीन पक्ति आईडी बज कन्सेप्ट कारको वारेमा भने फक्सवागन जहिल्यै सकारात्मक भएको र प्रोडक्सन भर्सन ल्याउने अपेक्षा गरिएको थियो ।
फक्सवागन माइक्रोबस प्योर इलेक्ट्रिक पावरट्रेन र लेभल ४ सेल्फ–ड्राइभिङ टेक्नोलोजीका साथै कोर आइकोनिक डिजाइनसँग मिल्ने अन्य आधुनिक एलिमेन्ट्सको साथमा उपलब्ध हुनेछ ।
फक्सवागनले कारका तीन फरक भेरिएन्ट बनाउने बताएको छ । जसमध्ये एउटा व्यक्तिगत खरिदकर्ताहरूको लागि हुनेछ, अर्को राइड–हेलिङको लागि हुनेछ र तेस्रो कार्गो भेरिएन्टको लागि हुनेछ । फक्सवागनले थ्री–रो भर्सनको साथै टु–रो भर्सन पनि लन्च गर्ने बताएको छ ।
काठमाडौं – नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल...
जर्मन अटोमेकर फक्सवागनले भोली भारतीय बजारमा २०२२ टिग्वान फेसलिफ्ट लन्च...
नेपालमा फेस्टिभल सिजन सुरुवात भएसँगै सवारी बजारको मुख्य सिजन समेत शुरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...