यस्तो हुनेछ फक्सवागनको पहिलो इलेक्ट्रिक कार आईडी.४, आगामी योजना समेत सार्वजनिक

फक्सवागनले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक कार आईडी डट४ सार्वजनिक गरेको छ । कम्पनीले सो एसयूभी यो वर्षको अन्त्यसम्ममा लन्च गर्ने सम्भावना छ । कम्पनीले आफ्नो वार्षिक पत्रकार सम्मेलनमा यस वर्षको उत्पादन योजनाबारे जानकारी दिएको हो ।

सो सम्मेलनमा कम्पनीले फक्सवागन भर्टसको जीटी प्लस स्पोर्ट भेरिएन्ट, जीटी प्लस स्पोर्ट र फक्सवागन टाइगुनको जीटी लाइन भेरिएन्ट पनि सार्वजनिक गरेको थियो । दुबै कारका नयाँ भेरिएन्ट यसै वर्ष लन्च हुनेछ ।

फक्सवागन आईडी डट४ भारतमा लगभग ६५ लाख भारु मूल्यमा लन्च गर्न सकिनेछ । सो एसयूभीले हुन्डाई आयोनिक ५, किया ईभी६, भोल्भो एक्ससी४० रिचार्ज र स्कोडा इन्याकसँग प्रतिस्पर्धा गर्नेछ ।

सो एसयूभी स्लिक डिजाइन र यसको आकार एरोडायनामिक छ । यसको अगाडि कम्पनीले अन्य कारमा जस्तै रेडिएटर ग्रिल प्रदान गरेको छैन । यसको दुबै हेडलाइट स्ट्रिपद्वारा जोडिएको छ । साथै फ्रन्ट बम्परमा हनीकम्ब एयर प्रदान गरिएको छ ।

कारलाई रग्ड लुक प्रदान गर्नका लागि फक्सवागनले चारैतिर क्ल्याडिङ दिएको छ । रियरमा सजिलै खोल्न र बन्द गर्ने फङसन सहितको टेलगेट पनि प्रदान गरिएको छ । यसमा कनेक्टेड एलईडी टेलल्याम्प र हाई रियर बम्पर दिइएको छ । भेरिएन्टको आधारमा कारमा १९ वा २० इन्चको ह्विल दिइएको छ ।

फक्सवागन आईडी डट४ को क्याबिन फ्युचरिस्टिक र प्रिमियम छ । यसका अधिकांश फङसन टच वा भ्वाइस कमान्डद्वारा संचालित हुन्छ । कारमा परम्परागत इन्स्ट्रयुमेन्ट क्लस्टरको सट्टा ५.३ इन्चको डिस्प्ले दिइएको छ । यसमा नेभिगेसन र इन्टरटेन्टमेन्ट जस्ता फिचर भएको ठुलो टचस्क्रिनको ड्यासबोर्ड प्रदान गरिएको छ ।

सो एसयूभीमा ड्युअल जोन क्लाइमेट कन्ट्रोल, अल एलईडी लाइटिङ, हिटेड सिट, प्यानोरामिक सनरुफ, स्मार्टफोन कनेक्टिभिटी र नेभिगेसनसहितको १२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एआर हेडअप डिस्प्ले, वायरलेस मोबाइल चार्जिङ, वायरलेस एप कनेक्ट र कनेक्टेड कार टेक्नोलोजी जस्ता फिचर समावेश गरिएको छ । सेफ्टीका लागि ६ एयरब्याग, ३६० डिग्री क्यामेरा र एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम प्रदान गरिएको छ ।

कम्पनीले फक्सवागन आईडी डट४को ब्याट्रीका बारेमा कुनै जानकारी दिएको छैन । रिपोर्टका अनुसार यसमा १३५ किलोवाट सम्मको डीसी फास्ट चार्जिङ सपोर्ट प्रदान गर्न सकिनेछ । यसको ब्याट्री १० देखि ८० प्रतिशतसम्म चार्ज हुन २८ मिनेट लाग्छ । साथै ११ किलोवाट एसी फास्ट चार्जिङले यसको ब्याट्री ० देखि १०० प्रतिशत चार्ज हुन करिब ८ घण्टा लाग्छ ।

सम्बन्धित समाचारहरू

फक्सवागनको इलेक्ट्रिक माइक्रोबस मार्च ९ मा सार्वजनिक हुने, ब्रान्डलाई माथि उठाउने अपेक्षा

फक्सवागनको इलेक्ट्रिक माइक्रोबस मार्च ९ मा सार्वजनिक हुने, ब्रान्डलाई माथि उठाउने अपेक्षा

फक्सवागनको इलेक्ट्रिक माइक्रोबस आगामी मार्च ९ मा सार्वजनिक गरिने भएको छ ।...

फक्सवागनको दशैं/ तिहार स्किम अब ३ दिनका लागि मात्र, ग्राहकले पाउनेछन् यस्तो सुबिधा

फक्सवागनको दशैं/ तिहार स्किम अब ३ दिनका लागि मात्र, ग्राहकले पाउनेछन् यस्तो सुबिधा

फक्सवागन गाडीको नेपालका लागि आधिकारिक बितरक पूजा इन्टरनेश्नल नेपालले...

फक्सवागनले ल्यायो Unbeatable Festive Offer, ०.९९ प्रतिशतमै गाडी

फक्सवागनले ल्यायो Unbeatable Festive Offer, ०.९९ प्रतिशतमै गाडी

काठमाडौं – फक्सवागन गाडीको लागि नेपालका लागि आधिकारिक वितरक पूजा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...