बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
प्रिमियम ब्रान्ड फक्सवागनको अलस्पेस एसयूभी नेपाली बजारमा सोल्ड आउट भएको छ । असोज अन्तिम साता बुकिङ खुल्ला गरिएको यो एसयूभी त्यसयता १० युनिट भित्र्याइएको थियो । ती सबै एसयुभी छोटो समयमा सोल्ड आउट भएको र नयाँ गाडीका लागि ग्राहकले केही समय पर्खनुपर्ने नेपालस्थित आधिकारिक बितरक पूजा इन्टरनेश्नलका मार्केटिङ म्यानेजर बिराज श्रेष्ठले बताए ।
बेसिक र फुल अप्सन गरी दुई भेरिएन्टमा उपलब्ध सो गाडीको मूल्य क्रमशः १ करोड १८ लाख र १ करोड ५८ लाख रुपैयाँ तोकिएको छ । फक्सवागन अलस्पेसमा भएको २ हजार सीसी पेट्रोल इन्जिनले १३२ पीएस पावर र ३२० एनएम टर्क जेनेरेट गर्छ । फोर ह्विल ड्राइभका लागि यसमा ७ स्पिड अटोमेटिक ट्रान्समिसन उपलब्ध छ ।
२०१ एमएम ग्राउन्ड क्लियरेन्स भएको सो गाडीलाई स्नो, नर्मल, अफरोड र इन्डिभिजुअल गरी चार ड्राइभिङ मोडमा चलाउन सकिन्छ । लामो दूरीको यात्रामा चलाउनका लागि यसमा प्रशस्तै लगेज स्पेस छ । यसको बुट स्पेसलाई सेन्सरबाटै खोल्न सकिन्छ । यसको तेस्रो लहरको सिट फोल्ड गर्दा ७ सय लिटर र दोस्रो तथा तेस्रो लहरको सिट फोल्ड गर्दा १ हजार ७७५ लिटर लगेज स्पेस हुन्छ ।
यसको क्याबिनमा डिजिटल मल्टी फङ्सन डिस्प्ले र थ्री जोन क्लाइमेट्रोनिक एसी उपलब्ध छ । त्यसैगरी वरिपरिको क्षेत्र हेर्नका लागि ३६० क्यामेराका साथै अटो पार्क असिस्ट सिस्टम समेत छ । त्यसैगरी पुस बटन स्टार्टको प्रयोग गरी भित्रैबाट ढोका खोल्नुका साथै पछिल्लो भाग समेत यही किलेस तरिकाले खोल्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...