नाडा अटो शोमा भिन्टेज कार र नयाँ प्रविधिको प्रदर्शन गरिने

काठमाडौं - यो वर्षको नाडा अटो शोमा पुराना गाडी (भिन्टेज कार) र नयाँ प्रविधिको प्रदर्शन गरिने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौ ३ देखि ८ गतेसम्म आयोजना गर्ने नाडा अटो शो २०२५ मा भिन्टेज कार प्रदर्शन गर्न लागेको जानकारी दिएको छ ।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले पुराना गाडी संरक्षण र सवारी साधनको विकास क्रमको जानकारी दिन भिन्टेज कार प्रदर्शन गर्न लागिएको बताए । यस पटकको अटो शोमा करिब एक दर्जन भिन्टेज कार प्रदर्शनमा राखिने उनले बताए ।

ती मध्ये मर्सिडिज बेन्ज र फक्सवागन बिटल प्रदर्शनमा राख्ने निश्चित भएको उनले जानकारी दिए । बाँकी अन्य ब्रान्डका मोडलहरु ल्याउनका लागि कम्पनीका प्रतिनिधि र नाडाले मिलेर काम गरिरहेका छन् । केही ब्रान्ड नाकासम्म आइपुगेको उनको भनाइ छ ।

‘नाडा सवारी बेच्ने शो मात्र हैन । यो सवारी साधनको बारेमा बुझ्ने महाकुम्भ हो । जानकारीमूलक र सवारी प्रति रुचि बढाउन भिन्टेज कार प्रदर्शनमा राखिएको हो,’ उप्रेतीले भने ।

भिन्टेज कार मार्फत सवारीको सुरुवाती अवस्थादेखि हालको अत्याधुनिक फिचरसहितको आधुनिक कारको विकास क्रमको बारेमा जान्न सकिन्छ ।

पुराना कारहरुमा गरिएको हस्तकला, डिजाइन र मेकानिकल इन्जिनियरिङ आजका लागि पनि प्रेरणादायी हुन सक्छ । तिनीहरुको जटिल इञ्जिन, म्यानुअल अपरेटिङ सिस्टम वा मेटल बडी डिजाइन हर्न लायक हुन्छ ।

भिन्टेज कारहरु कलात्मक र आकर्षक पनि हुन्छन् । पुराना तथा पौराणिक कलाकृति प्रति रुचि राख्नेलाई पनि अटो शोको आकर्षणले तान्न सक्छ ।

पछिल्लो समयमा अटोमोबाइल उद्योग प्राविधिक रुपमा अझ परिस्कृत हुँदै आएको छ । बजारमा इलेक्ट्रिक सवारी साधन (ईभी) आएसँगै कम्पनीहरु आफ्नो उत्पादनलाई थप अत्याधुनिक बनाउनुका साथै नवीनतम प्रविधिको प्रयोगमा लागेका छन् । यस पटकको नाडा अटो शोमा ईभी बजारमा आउँदै गरेको नयाँ प्रविधिका साथै प्लग इन हाइब्रिड सम्बन्धी पनि जानकारी दिइने उनले बताए ।

सम्बन्धित समाचारहरू

बजेटका विषयमा भन्सार विभागसंग नाडाको छलफल

बजेटका विषयमा भन्सार विभागसंग नाडाको छलफल

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि...

नाडा सदस्यमा ३ ठूला कर्पोरेट हाउसका प्रतिनिधि मनोनित

नाडा सदस्यमा ३ ठूला कर्पोरेट हाउसका प्रतिनिधि मनोनित

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आज बसेको नयाँ कार्यसमितिको पहिलो...

नाडा अध्यक्ष भन्छन् – नाडा अटो शोमा १ रुपैयाँको कम्पोनेन्ट देखि करोडौंको गाडी हेर्न पाइने छ

नाडा अध्यक्ष भन्छन् – नाडा अटो शोमा १ रुपैयाँको कम्पोनेन्ट देखि करोडौंको गाडी हेर्न पाइने छ

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...