भिनफास्टले भारतमा इलेक्ट्रिक कार उत्पादन गर्ने, पहिलो कार सन् २०२५ मा
भियतनामको इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफास्टले भारतमा इलेक्ट्रिक...
भिनफास्टले अटो एक्सपो २०२५ मा भीएफ७ र भीएफ६ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । साथै कम्पनीले भीएफ३, भीएफई३४, भीएफ८, भीएफ९ इलेक्ट्रिक एसयूभी र भीएफ वाइल्ड पिकअप ट्रक पनि सार्वजनिक गरेको छ ।
कम्पनीले यो वर्ष भारतीय बजारमा इलेक्ट्रिक एसयूभी भीएफ७ र भीएफ६ लन्च गर्ने भएको छ । यो कम्पनीको राइट ह्यान्ड इलेक्ट्रिक कार लन्च हुनेछ । यसले ४५० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
भिनफास्ट भीएफ७ कम्प्याक्ट ५ सिटर इलेक्ट्रिक एसयूभी हो, जुन दुई भेरिएन्ट उपलब्ध छ । भारतमा यसको मूल्य ५० लाख भारुबाट सुरु हुने अनुमान गरिएको छ । जबकि भीएफ६ को मूल्य ३५ लाख भारुबाट सुरु हुने अपेक्षा गरिएको छ । लन्चिङ पछि सो इलेक्ट्रिक एसयूभीले महिन्द्रा एक्सईभी ९ई, बीवाईडी सिलायन ७, हुन्डाई आयोनिक ६ र किया ईभी६ सँग प्रतिस्पर्धा गर्नेछ ।
भिनफास्ट भीएफ७ इलेक्ट्रिक एसयूभी अल इलेक्ट्रिक एसयूभी हो, जसमा ७५.३ किलोवाट ब्याट्री प्याक छ। कम्पनीले हाल कारको भेरिएन्ट भने खुलाएको छैन । यसमा सिंगल इलेक्ट्रिक मोटरको विकल्प हुनेछ, जसले फ्रन्ट ह्विल ड्राइभको साथ २०१ एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्नेछ। यसले फुल चार्जमा ४५० किलोमिटरको रेन्ज प्रदान गर्नेछ । साथै कारमा ड्युअल इलेक्ट्रिक मोटर पनि उपलब्ध हुनेछ । सो सेटअपले ४ ह्विल ड्राइभको साथ ३४८ एचपीको पावर र ५०० एनएमको टर्क उत्पन्न गर्छ। यसमा फुल चार्जमा ४३१ किलोमिटरको रेन्ज पाउनेछ।
भीएफ७को लम्बाइ ४५४५ एमएम, चौडाइ १८९० एमएम र उचाई १६३५ एमएम छ भने यसको ह्विलबेस २८४० एमएम छ। भीएफ७ को फ्रन्टमा स्लिक एलईडी डीआरएल दिइएको छ, जसको तल हेडलाइट प्रदान गरिएको छ । यसको साइडमा ह्विल आर्क र बडी क्ल्याडिङ प्रदान गरिएको छ । रियरमा कनेक्टेड एलईडी टेललाइट र ब्ल्याक करको रियर बम्पर दिइएको छ ।
भीएफ७मा कनेक्टेड कार टेक्नोलोजीसहितको १५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, हेडअप डिस्प्ले, प्यानोरामिक ग्लास रूफ र वायरलेस फोन चार्जर जस्ता फिचर प्रदान गरिएको छ । साथै सेफ्टीका लागि यसमा ८ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा सिस्टम सहित लेवल २ एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम प्रदान गरिएको छ ।
भीएफ६ एसयूभीमा १२.९ इन्चको टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, हिटेड र भेन्टिलेटेड फ्रन्ट सिट र हेड-अप डिस्प्ले दिइएको छ । सेफ्टीका लागि कारमा ८ एयरब्याग, ३६० डिग्री क्यामेरा र भीएफ७ मा जस्तै लेभल २ एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध गराइएको छ ।
भियतनामको इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफास्टले भारतमा इलेक्ट्रिक...
भिनफास्टले १७ देखि २२ जनवरीसम्म हुने भारत मोबिलिटी एक्सपो २०२५ मा भीएफ७ र...
भिनफास्टले चाँडै नै आफ्नो इलेक्ट्रिक एसयूभी भारतमा लन्च गर्ने सम्भावना छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...