अमेरिकामा पहिलोपटक चालकविहीन ट्रकले १९३० किलोमिटरको यात्रा गर्दै रच्यो इतिहास
अमेरिकामा चालकविहीन ट्रकले १९३० किलोमिटरको दूरी तय गर्दै अटोनोमस...
भियतनामी ईभी निर्माता भीनफास्टले भारतमा भीएफ–३ इलेक्ट्रिक मिनी–एसयुभीको डिजाइन पेटेन्ट दायर गरेको छ । भारतमा प्लान्ट निर्माणको काम अघि बढाइसकेको कम्पनीले निकट भविष्यमै यसको उत्पादन सुरु गर्ने देखिएको छ ।
अमेरिकाको लस भेगासमा हालै सम्पन्न कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा डेब्यू गरिएको भीएफ–३ दुई ढोका भएको मिनी एसयूभी हो । जसमा बक्सी डिजाइन रहेको छ । यसमा अगाडि र पछाडि चंकी बम्परहरू दिइएको छ भने ह्वील आर्चमा ब्ल्याक फिनिश दिइएको छ । कारमा ब्ल्याक रुफ र ग्लोस ब्ल्याक अलोय ह्वील पाउन सकिन्छ ।
कारको इन्टेरियरमा एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटीको साथ १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र २–स्पोक स्टेयरिङ ह्वील दिइएको छ । ईभीमा स्वचालित क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल र दोस्रो पङ्क्तिमा फोल्डिङ सिटहरू पनि छन् ।
सींगल मोटर द्वारा संचालित सो नयाँ एसयुभीमा दिइएको ब्याट्री प्याकको प्राविधिक स्पेसिफिकेशन भने खुलाएको छैन । कारले २०१ किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
भीनफास्टको भारत यात्रा तय भएसंगै नेपालमा समेत बिक्री गर्नेगरी बिशाल ग्रुपले डिलरसिप लिइसकेको छ । भारतीय बजारमा सन् २०२५ देखी भिनफास्टका ईभी उपलब्ध हुने र लगत्तै नेपाली बजारमा पनि आउने अनुमान गर्न सकिन्छ ।
अमेरिकामा चालकविहीन ट्रकले १९३० किलोमिटरको दूरी तय गर्दै अटोनोमस...
काठमाडौं – एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले...
काठमाडौं – भारतीय बजारमा केही समय अघि मात्र लन्च भएको इलेक्ट्रिक बाइक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...