भिनफास्टले भारतमा इलेक्ट्रिक कार उत्पादन गर्ने, पहिलो कार सन् २०२५ मा

भियतनामको इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफास्टले भारतमा इलेक्ट्रिक कार प्रोडक्शन र बिक्री गर्ने योजना बनाएको छ । यसको लागि कम्पनीले तमिलनाडुमा प्लान्ट स्थापना गर्दैछ ।

यसअघि कम्पनीले भारतमा इम्पोर्टेड ईभी मात्र बेच्ने गरेको थियो तर अब यो योजना परिवर्तन गरिएको छ । भिनफास्टलाई टेस्लाको ठुलो प्रतिद्वन्द्वीको रूपमा हेरिन्छ । भिनफास्ट तमिलनाडुमा प्लान्टमा प्रोडक्शन मार्च २०२५ देखि सुरु हुने अपेक्षा गरिएको छ।

रिपोर्टका अनुसार भिनफास्टले भारतमा एसेम्बल गरिएको पहिलो कारको बिक्री २०२५ को फेस्टिभ सिजनमा सुरु हुन सक्छ । यसको मूल्य २५ देखि ३० लाख भारु हुने अनुमान गरिएको छ । सो कारले एक पटक चार्जमा ३००–५०० किलोमिटरको दुरी तय गर्न सक्ने बताइएको छ ।

भिनफास्टले पहिलो वर्षमा नै भारतमा ५० हजार कार उत्पादन गर्ने कम्पनीको अपेक्षा छ । कम्पनीका अनुसार भारतमा यस वर्ष इलेक्ट्रिक कारको बजार १ लाख ५० हजार युनिट हुनेछ जुन अघिल्लो वर्ष ९० हजार युनिट थियो । कम्पनीले अर्को वर्ष भारत मोबिलिटी ग्लोबल एक्सपोमा भारतमा आफ्ना थप योजनाको रोडम्याप प्रस्तुत गर्नेछ ।

सम्बन्धित समाचारहरू

भिनफास्टले भारतमा सुरु ग-यो उत्पादन, प्लान्टबाट बाहिरियो पहिलो भीएफ७ इलेक्ट्रिक एसयूभी

भिनफास्टले भारतमा सुरु ग-यो उत्पादन, प्लान्टबाट बाहिरियो पहिलो भीएफ७ इलेक्ट्रिक एसयूभी

भियतनामको प्रमुख इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफास्टले भारतमा आफ्नो...

परीक्षणको क्रममा देखियो भिनफास्ट भीएफ ई३४

परीक्षणको क्रममा देखियो भिनफास्ट भीएफ ई३४

भिनफास्टले चाँडै नै आफ्नो इलेक्ट्रिक एसयूभी भारतमा लन्च गर्ने सम्भावना छ...

भारतमा भिनफास्टको प्रवेश, दुई नयाँ इलेक्ट्रिक एसयूभी भीएफ ६ र भीएफ ७ लन्च

भारतमा भिनफास्टको प्रवेश, दुई नयाँ इलेक्ट्रिक एसयूभी भीएफ ६ र भीएफ ७ लन्च

भियतनामको इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफास्ट भारतीय बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...