भिनफास्टका ४ नयाँ इलेक्ट्रिक स्कुटर लन्च, ४५ हजार ब्याट्री स्वाप स्टेशन निर्माणको लक्ष्य

भिनफास्टले ४ नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्दै आफ्नो ब्याट्री स्वाप इकोसिस्टमलाई तीव्र रूपमा विस्तार गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार हाल ४,५०० ब्याट्री स्वाप स्टेशन सञ्चालनमा छन् भने सन् २०२६ को पहिलो त्रैमासिकको अन्त्यसम्म ३४ प्रान्त र शहरमा करिब ४५,००० ब्याट्री स्वाप स्टेशन स्थापना गर्ने लक्ष्य राखिएको छ।

इकोसिस्टम विस्तारको योजनाअन्तर्गत भिनफास्टले ब्याट्री स्वाप मैत्री ३ नयाँ स्कुटर ईभो, फेलिज आईआई र भाइपर लन्च गरेको छ । साथै, ड्राइभिङ लाइसेन्स नचाहिने अमिओ नामको प्याडल असिस्टेड इलेक्ट्रिक स्कुटर पनि लन्च गरिएको छ ।

भाइपर सबैभन्दा प्रिमियम मोडल हो, जसमा ३,००० वाटको बीएलडीसी इन हब मोटर, स्मार्ट की सिस्टम र अधिकतम ७० किलोमिटर प्रति घण्टाको गति क्षमता रहेको छ । फेलिज आईआईमा पनि समान मोटर दिइएको छ भने ईभोमा २,४५० वाटको मोटर प्रयोग गरिएको छ ।साथै कम्पनीले ५० किलोमिटर प्रति घण्टाभन्दा कम गतिको ईभो लाइट पनि उपलब्ध गराएको छ ।

तीनवटै स्कुटरमा डबल ब्याट्री स्लट र १.५ किलोवाट क्षमताका एलएफपी ब्याट्री प्रयोग गरिएको छ । दुई ब्याट्री प्रयोग गर्दा ईभोले १६५ किलोमिटर र भाइपर र फेलिज आईआईले १५६ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

प्रारम्भिक ग्राहकहरूलाई आकर्षित गर्न भिनफास्टले ईभोका लागि अग्रिम बुकिङ खुला गरेको छ । साथै कम्पनीले घरेलु बजारमा शून्य डाउन पेमेन्टमा खरिदको सुविधा, सीमित समयका लागि मूल्य छुट, सुरुवाती महिनाहरूमा नि:शुल्क ब्याट्री स्वापिङ तथा सन् २०२७ को मध्यसम्म सार्वजनिक चार्जिङ स्टेशनहरू नि:शुल्क प्रयोग गर्न पाउने जस्ता आकर्षक अफरहरू पनि उपलब्ध गराएको छ ।

सम्बन्धित समाचारहरू

फर्चुन ग्लोबल ५०० सूची अन्तर्गत २१२ नम्बरका साथ ग्लोबल लिडर बन्दै बीवाईडी

फर्चुन ग्लोबल ५०० सूची अन्तर्गत २१२ नम्बरका साथ ग्लोबल लिडर बन्दै बीवाईडी

विश्वमै सबैभन्दा बढी ईभी बिक्री गर्ने कम्पनी बीवाईडीले सन् २०२३ का लागि...

भारतमा भिनफास्टको प्रवेश, दुई नयाँ इलेक्ट्रिक एसयूभी भीएफ ६ र भीएफ ७ लन्च

भारतमा भिनफास्टको प्रवेश, दुई नयाँ इलेक्ट्रिक एसयूभी भीएफ ६ र भीएफ ७ लन्च

भियतनामको इलेक्ट्रिक कार निर्माता कम्पनी भिनफास्ट भारतीय बजारमा...

डोङफेङ नामी अब विर्तामोडमा : अत्याधुनिक शोरूम उद्घाटनपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

डोङफेङ नामी अब विर्तामोडमा : अत्याधुनिक शोरूम उद्घाटनपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

विर्तामोड – डोङफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...