भिनफास्टको विद्युतीय सवारी व्यापारमा ठूलो वृद्धि

भियतनामी कार निर्माता कम्पनी ‘भिनफास्ट’ ले सन् २०२४ मा अघिल्लो वर्षको तुलनामा गाडी आपूर्ति झन्डै तीन गुणाले वृद्धि गरेको जानकारी दिएको छ।

कम्पनीका अनुसार कुल ९७ हजार ३९९ वटा गाडी वितरण गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब १९२ प्रतिशत बढी हो । यद्यपि, कम्पनीले सोही वर्षमा करिब ३ अर्ब १८ करोड अमेरिकी डलर बराबरको घाटा व्यहोर्नु परेको छ ।

भिनफास्ट भियतनामको पहिलो राष्ट्रिय स्तरको सवारी निर्माता हो, जसले विश्वका ठूला विद्युतीय गाडी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने लक्ष्य लिएको छ। तर, अन्तर्राष्ट्रिय बजारमा आफूलाई स्थापित गर्न कम्पनीले अझै पनि कठिनाइ भोगिरहेको छ ।

हाल भिनफास्टका एक सयभन्दा बढी बिक्री केन्द्र विभिन्न देशहरूमा सञ्चालनमा छन् । कम्पनीले एशिया, युरोप, मध्यपूर्व, संयुक्त राज्य अमेरिका तथा क्यानाडा लगायतका क्षेत्रहरूमा आफ्नो बजार विस्तार गर्न लागिपरेको छ ।

हालै इन्डोनेसियामा कम्पनीले करिब दुई हजार पाँच सय गाडी पठाएको छ । त्यहाँ हाल २२ वटा बिक्री केन्द्रहरू सञ्चालनमा छन्। इन्डोनेसियामा नै एक लाख वटा चार्ज गर्ने स्थानहरू निर्माण गर्ने योजना रहेको पनि जनाइएको छ ।

भिनफास्टकी अध्यक्ष थुईले भनिन्, “बजारका अनेकौं चुनौतीहरूको बाबजुद पनि हामीले अग्रगामी प्रगति गर्न सफल भएका छौं । यसले विद्युतीय सवारी साधनहरूतर्फको विश्वव्यापी आकर्षणलाई पनि पुष्टि गर्छ ।”

कम्पनीलाई भियतनामका सबैभन्दा धनी व्यक्ति फाम न्हात भुङ तथा उनको मातहतको भिन समूह बाट ठूलो आर्थिक सहयोग प्राप्त भइरहेको छ। उनको तर्फबाट सन् २०२४ मा हालसम्म चार सय दस मिलियन डलरभन्दा बढी सहयोग प्राप्त भइसकेको छ र कुल दुई अर्ब एक करोड डलरसम्म सहायता दिने वाचा गरिएको छ ।

यसका साथै, सन् २०२५ को मार्च महिनामा कतारस्थित लगानी संस्थाले करिब एक अर्ब डलर बराबरको सम्भावित लगानीका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। सो साझेदारीले कम्पनीको अन्तर्राष्ट्रिय विस्तार र प्रविधिमा सुधार गर्न सघाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाल भित्रिदै थ्रीएन ब्रान्डका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल

नेपाल भित्रिदै थ्रीएन ब्रान्डका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल

नेपाली बजारमा थ्रीएन कम्पनीका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल भित्रिने...

वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

वायु प्रदुषण बढेसँगै इण्डानेशियाली सरकारले विद्युतीय सवारीसाधनको...

आज विश्व ईभी दिवस, अबको मोबिलिटी ईभी केन्द्रित बन्दै

आज विश्व ईभी दिवस, अबको मोबिलिटी ईभी केन्द्रित बन्दै

आज अर्थात सेप्टेम्वर ९ लाई विश्व ईभी दिवसका रुपमा मनाइदै छ । सन् २०२० मा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...