भेस्पाको ८०औं वार्षिकोत्सवमा आयाे विशेष संस्करण ‘टेक ८०’

भेस्पाले आफ्नो ८०औं वार्षिकोत्सवको अवसरमा ‘टेक ८०’ नामक विशेष संस्करण भारतमा पेश गरेको छ। सन् १९४६ मा पहिलो पटक पेटेन्ट गरिएको भेस्पाको ऐतिहासिक यात्राको ठीक ८० वर्ष पूरा भएको अवसरमा यो विशेष शृङ्खला मुम्बईमा प्रस्तुत गरिएको हो ।

सो विशेष संस्करण १२५ सीसी र १५० सीसी गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ। स्कुटरमा भेस्पाको पुरानो विरासत झल्काउने डिजाइन दिइएको छ, जसले क्लासिक र आधुनिकताको संयोजन प्रस्तुत गर्छ। यसको मूल्य भने आगामी हप्ता घोषणा गरिने कम्पनीले जनाएको छ।

नयाँ भेस्पाको फ्रन्टमा भेस्पा लोगो सहित ८०औं वार्षिकोत्सवको ब्याज राखिएको छ भने पछाडि भेस्पा ८० वर्ष, १९४६ उल्लेख गरिएको छ ।

यसको १२४.४ सीसी एयरकुल्ड सिंगल सिलिन्डर इन्जिनले ९.५ हर्सपावर र १०.१ एनएम टर्क उत्पादन गर्छ । त्यस्तै, १४९.५ सीसी इन्जिनले ११.४ हर्सपावर र ११.६ एनएम टर्क दिन्छ।

भेस्पाको ८०औं वार्षिकोत्सवको विश्वव्यापी उत्सव जुन २५ देखि २८, २०२६ सम्म रोममा आयोजना हुने तय भएको छ । विगत ८० वर्षमा पियाजियोले १६० भन्दा बढी भेस्पा मोडल उत्पादन गरिसकेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...