५ हजार वढाएर नयाँ बिक्रेताले शुरु ग-यो भेस्पा अप्रिलियाको बिक्री
भेस्पा र अप्रिलियाको नेपालका लागि नयाँ विक्रेता डेल्टा अटोकर्पले...
काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेड भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा सहभागी भएको छ । जाडो मौसमले दुई पांग्रे सवारीसाधनमा नकारात्मक असर पर्नसक्ने हुनाले सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनीले जनाएको छ ।
गत पुस ५ देखि १४ गते सम्म संचालित सो क्याम्प काठमाडौं उपत्यकाका ५ स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा गरिएको थियोे । भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र गल्फ इन्जिन आयल चेन्ज प्रदान गरेको थियो ।
सो क्याम्पमा सहभागी २६०० भन्दा धेरै ग्राहक मध्ये ५ भाग्यमानी ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरिएको थियो । लक्की ड्रबाट रत्न केशरी रंजितकार (भक्तपुर), रन्जु नेपाल (बनेपा), नविना श्रीश (एकान्तकुना), रोमिका न्यौपाने (गहनापोखरी) र मोनिका श्रेष्ठ (झम्सिखेल) बिजेता हुनु भएको थियो। क्याम्प नेपाल ल्युब आयल र भेस्पा÷अप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिको संयुक्त आयोजनामा भएको हो ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्रान्ड विगत ३९ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको कम्पनीको भनाइ छ ।
भेस्पा र अप्रिलियाको नेपालका लागि नयाँ विक्रेता डेल्टा अटोकर्पले...
काठमाडौं– नयाँ अप्रिलिया एसआर १६० नेपाली बजारमा भित्रिएको छ । नेपालका...
नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...