स्पार्क प्लग हेरेर थाहा पाउन सकिन्छ इन्जिनको अवस्था, कुन संकेतले के भन्छ?
पेट्रोल इन्जिन भएका कार वा मोटरसाइकलमा स्पार्क प्लग निकै महत्वपूर्ण...
आजकालका कारमा प्रविधिमा व्यापक सुधार हुँदै गइरहेको छ। खासगरी गर्मीमा लामो दूरीको यात्रा गर्दा यात्रुलाई सिटमा पसिना आउने, चिपचिप महसुस हुने समस्या सामान्य बन्ने गरेको छ। यस्तै समस्याबाट छुटकारा दिन अहिलेका कारमा भेन्टिलेटेड सिटको सुविधा दिइन थालेको छ।
भेन्टिलेटेड सिट भनेको त्यस्ता सिट हुन् जसमा सिटको भित्री भागमा साना पङ्खा वा एयर च्यानल जडान गरिएको हुन्छ । ती पङ्खाले सिटबाट हावा बाहिर निकाल्छ जसले गर्दा सिटमा बस्दा शीतलता महसुस हुन्छ र पसिनाबाट राहत पाइन्छ। यी पङ्खाले सिटको सतहमा हावा फैलाएर पसिना सुकाउँछ र यात्रुलाई चिसो महसुस गराउँछ।
साधारणतया सो सुविधा अगाडिको सिटमा मात्र पाइन्छ, तर लक्जरी सेग्मेन्टका कारमा पछाडिको सिटमा पनि यो सुविधा दिइएको हुन्छ।
भेन्टिलेटेड सिट र चिसो सिटबीच केही स्पष्ट भिन्नता हुन्छ। भेन्टिलेटेड सिटमा पङ्खाले हावा फुक्छ तर चिसो गर्दैन। तर चिसो सिटमा भने कुलिङ युनिट जडान गरिएको हुन्छ, जसले हावालाई नै चिसो बनाउँछ र अझ बढी शीतलता प्रदान गर्छ।
सो सुविधा विशेषगरी गर्मीको मौसममा अत्यन्त उपयोगी मानिन्छ। भेन्टिलेटेड सिटले सिटमा पसिना जम्न नदिई यात्रालाई आरामदायी बनाउँछ। चालकलाई गाडी चलाउँदा असहजता हुँदैन र यात्रुले पनि विलासिता तथा प्रिमियम अनुभव गर्न सक्छन्।
नेपाल तथा भारतमा उपलब्ध केही कार जस्तै हुन्डाई भर्ना, किया सेल्टोस, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी७०० र एमजी हेक्टरका केही भेरिएन्टमा भेन्टिलेटेड सिटको सुविधा दिइएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...