टोयोटाले सार्वजनिक ग-यो पहिलो अल–इलेक्ट्रिक एसयूभी बीजेड४एक्स, ५०० किमी रेन्ज दिने
टोयोटाले पहिलो अल–इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । जसलाई बीजेड४एक्स...
यात्राको दौरान बिच बाटोमा गाडी बिग्रियो अर्थात ब्रेक डाउनको समस्या आयो भने के गर्ने ? हामीकहाँ यो समस्या सबै गाडी चालकका लागि गम्भिर चुनौती बनिरहेको छ । जुन हरेक गाडी चालकले एकपटक सोच्नै पर्ने बिषय समेत बनेको छ । स्तरिय सेवा प्रदान गर्ने वर्कशपहरु यत्रतत्र नभेटिने समस्याका कारण पनि यो चिन्ताको बिषय बनिरहेको थियो ।
तर अब यो बिषयमा खासै चिन्ता लिइरहनु पर्ने भने देखिँदैन । किनकी नेपालमै पहिलोपटक मेकानिकल र अटोमोबाइल इन्जिनियरहरु संलग्न स्तरिय र भरपर्दो टोइङ सेवा दिने कम्पनी संचालनमा आइसकेको छ । टोइङ नेपालका नामले संचालनमा आएको यो कम्पनीले समस्यामा परेका गाडीलाई सुरक्षित, भरपर्दो र बिश्वासिलो सेवा प्रदान गर्दै आइरहेको छ । नेपालमै पहिलोपटक ब्यावसायीक रुपमा यस्तो सेवा टोइङ नेपालले शुरुवात गरेको संचालक मध्येका एक समेत रहेका सचिब प्रबेश पौडेलले बताए । उनका अनुसार यो कम्पनीले टोइङ सेवाका साथै पुराना गाडी तथा मोटरसाइकलको भ्यालुएसन र सर्भिसिङ गर्नु पर्ने सवारीसाधनका लागी ग्राहकले भनेकै लोकेशनमा चालक पठाएर पिकअप र ड्रपअप सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
टोयोटा गाडीको नेपालका लागि आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्ट प्रालिमा टेक्निकल म्यानेजरका रुपमा कार्यरत पौडेलको अगुवाईमा सुरुवात भएको यो सेवाले अहिले नेपालमा निकै चर्चा बटुलेको छ । चर्चा नहोस पनि किन । यसअघि परम्परागत तवरबाट पुराना ट्रकमा बोकेर उद्धार गरिने यस्ता गाडीलाई टोइङ नेपालले बिशेष प्रकारबाट निर्माण गरिएको ट्रकमा ब्यावसायिक टिमका साथ सुरक्षित तवरबाट सेवा प्रदान गर्दै आइरहेको छ । ‘हामीले यो सेवा प्रदान गर्नका लागि दक्ष तथा अनुभबी ड्राइभर र स्टाफहरु खटाएका छौ’ पौडेलले भने – रेस्क्यु गर्नुपर्ने गाडीलाई मेसिनले तानेर ट्रकमा राखेपछि स्टाफले बलियोसंग बेल्टले बाध्छन र बिस्तारै ग्राहकले भनेको लोकेसनसम्म सुरक्षित तवरबाट पु¥याइदिन्छौ ।’
टोइङ नेपालले ब्रेक डाउन भएका गाडीलाई वर्कशपसम्म पु¥याइदिने देखी भन्सार पोर्टसम्म आइपुगेका कतिपय नयाँ गाडीलाई ग्राहकको लोकेशनसम्म पु¥याइदिने सेवा समेत प्रदान गर्दै आइरहेको पौडेलको भनाई छ । उनि भन्छन, ‘कतिपय भिआईपी ग्राहकले भन्सार नाकासम्म आएको आफ्नो नयाँ गाडीमा पहिलो ड्राइभ गर्ने इच्छा समेत जाहेर गर्छन् । यस्तो अबस्थामा यो कम्पनीले नयाँ गाडीलाई सुरक्षित तबरबाट ग्राहकको लोकेशनसम्म पु¥याएर उनीहरुको चाहना पुरा गर्ने कार्य समेत गर्दै आइरहेको छ ।’
ग्राहक सेवामा समर्पित यो कम्पनीले दिनरात नभनी २४ सै घन्टा सेवा प्रदान गर्ने गरेको छ । ग्राहक सेवामा समर्पित रहेको बताउँदै उनले भने, ‘ग्राहकले जुनसुकै समयमा सम्पर्क गर्दा पनि हामी सहजै उपलब्ध हुन्छौ । अहिले हामीसंग भएको २ वटा ट्रकले काठमाडौंबाट मात्र सेवा प्रदान गरिरहेकोमा छिट्टै पोखरा र नारायणघाटबाट समेत सेवा सुचारु गर्ने योजना बनाएका छौ । अर्को बर्षदेखी गाडी बिग्रेको स्थानसम्मै पुगेर मर्मत सम्भार सम्बन्धि सेवा समेत उपलब्ध गराउने र दुर्घटनामा परेर सडकबाट तल झरेका सवारीसाधनलाई सुरक्षित तबरबाट सडकसम्म तान्ने ब्यबस्था मिलाउने तयारी थालेका छौ ।’ यो क्षेत्रमा आफूहरुले कम्प्लिट प्याकेज प्रदान गर्र्नेे योजना बनाएको उनको भनाई छ ।
यस्तो छ सेवा शूल्क
टोइङ नेपालले सुरुवात गरेको यो सेवा लिन ग्राहकले काठमाडौं उपत्यकामा न्युनतम ८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने र बाहिर जाँदा किलोमिटर अनुसार अतिरक्ति शुल्क थपिने पौडेलले बताए । कम्पनीले सदस्य बनाएर थप सुबिधा समेत उपलब्ध गराउने योजना लागु गरेको छ । ‘जसअन्तर्गत यदि कुनै ब्यक्तिले १ हजार रुपैयाँ भुक्तानी गरेर टोइङ नेपालको मेम्वरसिप लिएको खण्डमा उनीहरुलाई हरेक सेवामा १० प्रतिशत अतिरिक्त छुट प्रदान गर्दै आइरहेका छौ’ उनले भने ।
टोइङ नेपालले प्रदान गर्ने यस प्रकारको सेवा प्रभावकारी बन्दै गएपछि पछिल्लो समय बिभिन्न अटोमोबाइल कम्पनी र अन्य सेवाग्रहीको चाप समेत बढ्न थालेको उनको भनाई छ । हाल यो कम्पनीले महिनामा ५० भन्दा बढी गाडीलाई यस्तो सेवा प्रदान गर्दै आइरहेको छ । सेवाग्राहीको चाप बढ्दै गएको खण्डमा भोलिका दिनमा यो सेवालाई थप बिस्तार गर्दै जाने आफूहरुको योजना रहेको उनले बताए । यो सेवा लिनका लागी ग्राहकले ९८०२३०५०५० र ९८२३०२५९०७ मा सम्पर्क गर्न सक्नेछन् ।
सामाजिक उत्तरदायित्व समेत बहन गर्दै
टोइङ नेपालले ब्यावसाय संचालनको साथसाथै सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आइरहेको छ । कम्पनीले व्यावसायबाट आर्जन भएको मुनाफाबाट हरेक बर्ष १० प्रतिशत रकम सडक दुर्घटनामा परेर ज्यान गुमाएका र घाइते भएका ब्याक्तीको उपचारमा खर्च गर्दै आइरहेको छ । साथै कुनै पनि गाडी बिग्रिएको र दुर्घटनामा परेको जानकारी प्राप्त हुने बित्तिकै यसो हुनुका पछाडी के–के कारणहरु हुन सक्छन भनेर बिस्तृत रिपोर्ट नै तयार गर्ने गरेको पौडेलले बताए ।
यसरी रिपोर्ट बनाउँदा नेपामा के कस्ता गाडीहरु आयत भैरहेका छन्, कुन ठाउमा बढी दुर्घटना भएको छ र कस्ता प्रकारका दुर्घटना बढीमात्रामा भएका छन् भन्ने बिषयमा केन्द्रित हुने हुँदा आफूहरुले तयार पार्ने रिपोर्ट प्रभावकारी हुने उनको जिकिर छ । यसरी तयार पारिएको रिपोर्टलाई रोड सेफ्टिका क्षेत्रमा काम गर्ने संघसंस्थाले प्रयोग गर्न चाहेको खण्डमा निशुल्क उपलब्ध गराउँदै आएको उनले बताए । नेपालमा भेहिकल सेफ्टि, रोड सेफ्टि र रोड साइड एसिस्टेन्सका क्षेत्रमा आफूहरुले नयाँ सोचाइका साथ काम गर्ने योजना बनाएका कारण भबिष्यमा टोइङ नेपालको ब्यावसायिक सफलताले थप उचाई चुम्ने उनको ठहर छ ।
टोयोटाले पहिलो अल–इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ । जसलाई बीजेड४एक्स...
जापनी कार निर्माता टोयोटाले आफ्ना उत्पादनमा समस्या देखिएपछि कार फिर्ता...
भारतीय अटो बजारमा आगामी केही वर्ष भित्र कूप सेगमेन्टमा ठूला एसयूभी लन्च...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...