टोयोटाको सर्बाधिक लोकप्रिय एमपिभी अर्को वर्षदेखी उपलब्ध नहुने
टोयोटाले अर्को वर्ष इनोभा क्रिस्टा बन्द गर्ने तयारी गरेको छ । टोयोटाको...
यात्राको दौरान बिच बाटोमा गाडी बिग्रियो अर्थात ब्रेक डाउनको समस्या आयो भने के गर्ने ? हामीकहाँ यो समस्या सबै गाडी चालकका लागि गम्भिर चुनौती बनिरहेको छ । जुन हरेक गाडी चालकले एकपटक सोच्नै पर्ने बिषय समेत बनेको छ । स्तरिय सेवा प्रदान गर्ने वर्कशपहरु यत्रतत्र नभेटिने समस्याका कारण पनि यो चिन्ताको बिषय बनिरहेको थियो ।
तर अब यो बिषयमा खासै चिन्ता लिइरहनु पर्ने भने देखिँदैन । किनकी नेपालमै पहिलोपटक मेकानिकल र अटोमोबाइल इन्जिनियरहरु संलग्न स्तरिय र भरपर्दो टोइङ सेवा दिने कम्पनी संचालनमा आइसकेको छ । टोइङ नेपालका नामले संचालनमा आएको यो कम्पनीले समस्यामा परेका गाडीलाई सुरक्षित, भरपर्दो र बिश्वासिलो सेवा प्रदान गर्दै आइरहेको छ । नेपालमै पहिलोपटक ब्यावसायीक रुपमा यस्तो सेवा टोइङ नेपालले शुरुवात गरेको संचालक मध्येका एक समेत रहेका सचिब प्रबेश पौडेलले बताए । उनका अनुसार यो कम्पनीले टोइङ सेवाका साथै पुराना गाडी तथा मोटरसाइकलको भ्यालुएसन र सर्भिसिङ गर्नु पर्ने सवारीसाधनका लागी ग्राहकले भनेकै लोकेशनमा चालक पठाएर पिकअप र ड्रपअप सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
टोयोटा गाडीको नेपालका लागि आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्ट प्रालिमा टेक्निकल म्यानेजरका रुपमा कार्यरत पौडेलको अगुवाईमा सुरुवात भएको यो सेवाले अहिले नेपालमा निकै चर्चा बटुलेको छ । चर्चा नहोस पनि किन । यसअघि परम्परागत तवरबाट पुराना ट्रकमा बोकेर उद्धार गरिने यस्ता गाडीलाई टोइङ नेपालले बिशेष प्रकारबाट निर्माण गरिएको ट्रकमा ब्यावसायिक टिमका साथ सुरक्षित तवरबाट सेवा प्रदान गर्दै आइरहेको छ । ‘हामीले यो सेवा प्रदान गर्नका लागि दक्ष तथा अनुभबी ड्राइभर र स्टाफहरु खटाएका छौ’ पौडेलले भने – रेस्क्यु गर्नुपर्ने गाडीलाई मेसिनले तानेर ट्रकमा राखेपछि स्टाफले बलियोसंग बेल्टले बाध्छन र बिस्तारै ग्राहकले भनेको लोकेसनसम्म सुरक्षित तवरबाट पु¥याइदिन्छौ ।’
टोइङ नेपालले ब्रेक डाउन भएका गाडीलाई वर्कशपसम्म पु¥याइदिने देखी भन्सार पोर्टसम्म आइपुगेका कतिपय नयाँ गाडीलाई ग्राहकको लोकेशनसम्म पु¥याइदिने सेवा समेत प्रदान गर्दै आइरहेको पौडेलको भनाई छ । उनि भन्छन, ‘कतिपय भिआईपी ग्राहकले भन्सार नाकासम्म आएको आफ्नो नयाँ गाडीमा पहिलो ड्राइभ गर्ने इच्छा समेत जाहेर गर्छन् । यस्तो अबस्थामा यो कम्पनीले नयाँ गाडीलाई सुरक्षित तबरबाट ग्राहकको लोकेशनसम्म पु¥याएर उनीहरुको चाहना पुरा गर्ने कार्य समेत गर्दै आइरहेको छ ।’
ग्राहक सेवामा समर्पित यो कम्पनीले दिनरात नभनी २४ सै घन्टा सेवा प्रदान गर्ने गरेको छ । ग्राहक सेवामा समर्पित रहेको बताउँदै उनले भने, ‘ग्राहकले जुनसुकै समयमा सम्पर्क गर्दा पनि हामी सहजै उपलब्ध हुन्छौ । अहिले हामीसंग भएको २ वटा ट्रकले काठमाडौंबाट मात्र सेवा प्रदान गरिरहेकोमा छिट्टै पोखरा र नारायणघाटबाट समेत सेवा सुचारु गर्ने योजना बनाएका छौ । अर्को बर्षदेखी गाडी बिग्रेको स्थानसम्मै पुगेर मर्मत सम्भार सम्बन्धि सेवा समेत उपलब्ध गराउने र दुर्घटनामा परेर सडकबाट तल झरेका सवारीसाधनलाई सुरक्षित तबरबाट सडकसम्म तान्ने ब्यबस्था मिलाउने तयारी थालेका छौ ।’ यो क्षेत्रमा आफूहरुले कम्प्लिट प्याकेज प्रदान गर्र्नेे योजना बनाएको उनको भनाई छ ।
यस्तो छ सेवा शूल्क
टोइङ नेपालले सुरुवात गरेको यो सेवा लिन ग्राहकले काठमाडौं उपत्यकामा न्युनतम ८ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने र बाहिर जाँदा किलोमिटर अनुसार अतिरक्ति शुल्क थपिने पौडेलले बताए । कम्पनीले सदस्य बनाएर थप सुबिधा समेत उपलब्ध गराउने योजना लागु गरेको छ । ‘जसअन्तर्गत यदि कुनै ब्यक्तिले १ हजार रुपैयाँ भुक्तानी गरेर टोइङ नेपालको मेम्वरसिप लिएको खण्डमा उनीहरुलाई हरेक सेवामा १० प्रतिशत अतिरिक्त छुट प्रदान गर्दै आइरहेका छौ’ उनले भने ।
टोइङ नेपालले प्रदान गर्ने यस प्रकारको सेवा प्रभावकारी बन्दै गएपछि पछिल्लो समय बिभिन्न अटोमोबाइल कम्पनी र अन्य सेवाग्रहीको चाप समेत बढ्न थालेको उनको भनाई छ । हाल यो कम्पनीले महिनामा ५० भन्दा बढी गाडीलाई यस्तो सेवा प्रदान गर्दै आइरहेको छ । सेवाग्राहीको चाप बढ्दै गएको खण्डमा भोलिका दिनमा यो सेवालाई थप बिस्तार गर्दै जाने आफूहरुको योजना रहेको उनले बताए । यो सेवा लिनका लागी ग्राहकले ९८०२३०५०५० र ९८२३०२५९०७ मा सम्पर्क गर्न सक्नेछन् ।
सामाजिक उत्तरदायित्व समेत बहन गर्दै
टोइङ नेपालले ब्यावसाय संचालनको साथसाथै सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आइरहेको छ । कम्पनीले व्यावसायबाट आर्जन भएको मुनाफाबाट हरेक बर्ष १० प्रतिशत रकम सडक दुर्घटनामा परेर ज्यान गुमाएका र घाइते भएका ब्याक्तीको उपचारमा खर्च गर्दै आइरहेको छ । साथै कुनै पनि गाडी बिग्रिएको र दुर्घटनामा परेको जानकारी प्राप्त हुने बित्तिकै यसो हुनुका पछाडी के–के कारणहरु हुन सक्छन भनेर बिस्तृत रिपोर्ट नै तयार गर्ने गरेको पौडेलले बताए ।
यसरी रिपोर्ट बनाउँदा नेपामा के कस्ता गाडीहरु आयत भैरहेका छन्, कुन ठाउमा बढी दुर्घटना भएको छ र कस्ता प्रकारका दुर्घटना बढीमात्रामा भएका छन् भन्ने बिषयमा केन्द्रित हुने हुँदा आफूहरुले तयार पार्ने रिपोर्ट प्रभावकारी हुने उनको जिकिर छ । यसरी तयार पारिएको रिपोर्टलाई रोड सेफ्टिका क्षेत्रमा काम गर्ने संघसंस्थाले प्रयोग गर्न चाहेको खण्डमा निशुल्क उपलब्ध गराउँदै आएको उनले बताए । नेपालमा भेहिकल सेफ्टि, रोड सेफ्टि र रोड साइड एसिस्टेन्सका क्षेत्रमा आफूहरुले नयाँ सोचाइका साथ काम गर्ने योजना बनाएका कारण भबिष्यमा टोइङ नेपालको ब्यावसायिक सफलताले थप उचाई चुम्ने उनको ठहर छ ।
टोयोटाले अर्को वर्ष इनोभा क्रिस्टा बन्द गर्ने तयारी गरेको छ । टोयोटाको...
काठमाडौं – तपाईसँग सन् २००६ देखि २०१० सम्म बनेका टोयोटाका यारिस, कोरोल्ला र...
टोयोटाको लोकप्रिय एसयूभी ल्यान्डक्रुजर एलसी ३०० को नयाँ जेनेरेसन ग्लोबल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...