अब नागरिक एपबाटै सवारी कर तिर्न सकिने, आयो यस्तो सूचना

काठमाडौं – अब नागरिक एपबाटै सवारीसाधनको नवीकरण गर्न सकिने भएको छ । पहिलो चरणमा बागमती प्रदेशमा यो सुविधा उपलब्ध हुने भएको छ ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै राजस्व भुक्तानी, नवीकरण, जरिवाना, अन्य दस्तुर तथा बिमा सम्बन्धी कार्यहरूलाई अनलाइन प्रणालीमार्फत भुक्तानीको व्यवस्था मिलाउन लागिएको छ ।

मन्त्रालयको यातायात व्यवस्था सूचना प्राणालीको वेबसाइटमा क्लिक गरी आफ्नो मोबाइल नम्बर भेरिफाइ गरी सवारीसाधन सम्बन्धी विवरण प्रविष्ट गर्न सकिनेछ ।

त्यस्तै नागरिक एपमा रहेको ‘सवारी कर’ मा गएर समेत आफ्नो सवारीसाधन सम्बन्धी विवरण अद्यावधिक गर्न सकिनेछ । यसका लागि गुगल प्ले स्टोरमा नागरिक एपको नयाँ अपडेट आएको छ ।

तत्काल नागरिक एपमा आफ्नो सवारीसाधनको विवरण तथा बाँकी रहेको कर विवरण र भुक्तानी गरेको राजस्व विवरण हेर्न सकिने सुविधा प्राप्त हुनेछ ।

आगामी साउन १ देखि भने नागरिक एपबाटै सवारी साधनको राजस्व भुक्तानी समेत गर्न सकिने बताइएको छ ।

अनलाइनबाट सवारी कर भुक्तानी गर्ने भए पनि एक पटकको लागि भने करदाता यातायात कार्यलय पुग्नु पर्ने भएको छ । 

अनलाइन भुक्तानी सम्बन्धी कार्यविधिअनुसार करको रकम अनलाइनबाट भुक्तानी गर्न सकिनेछ र उक्त बिल बुकको अद्यावधि, भेरिफाइ गर्नको लागि एक महिनाभित्र यातायाता कार्यलय पुग्नु पर्नेछ  । 

एक पटक भेरिफाइ गरिसकेपछि भने अर्को आर्थिक वर्षदेखि यातायात कार्यालय पुग्नुपर्ने छैन । 

सम्बन्धित समाचारहरू

कतै तपाईको लाइसेन्स नक्कली त छैन ? सावधान ! ट्राफिक प्रहरीले अब जाँच्ने छ एप्सबाट नक्कली लाइसेन्स

कतै तपाईको लाइसेन्स नक्कली त छैन ? सावधान ! ट्राफिक प्रहरीले अब जाँच्ने छ एप्सबाट नक्कली लाइसेन्स

कतै तपाईले नक्कली लाइसेन्स बोकेर सवारी साधन चलाइरहनु भएको त छैन ? होसियार,...

कस्तो छ ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ को प्राविधिक परीक्षण ? दिइयो प्रधानमन्त्रीलाई जानकारी

कस्तो छ ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ को प्राविधिक परीक्षण ? दिइयो प्रधानमन्त्रीलाई जानकारी

काठमाडौं । यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’...

अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने, ब्लुबुक बोक्नु नपर्ने 

अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने, ब्लुबुक बोक्नु नपर्ने 

काठमाडौं – यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...