अब नागरिक एपबाटै सवारी कर तिर्न सकिने, आयो यस्तो सूचना

काठमाडौं – अब नागरिक एपबाटै सवारीसाधनको नवीकरण गर्न सकिने भएको छ । पहिलो चरणमा बागमती प्रदेशमा यो सुविधा उपलब्ध हुने भएको छ ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै राजस्व भुक्तानी, नवीकरण, जरिवाना, अन्य दस्तुर तथा बिमा सम्बन्धी कार्यहरूलाई अनलाइन प्रणालीमार्फत भुक्तानीको व्यवस्था मिलाउन लागिएको छ ।

मन्त्रालयको यातायात व्यवस्था सूचना प्राणालीको वेबसाइटमा क्लिक गरी आफ्नो मोबाइल नम्बर भेरिफाइ गरी सवारीसाधन सम्बन्धी विवरण प्रविष्ट गर्न सकिनेछ ।

त्यस्तै नागरिक एपमा रहेको ‘सवारी कर’ मा गएर समेत आफ्नो सवारीसाधन सम्बन्धी विवरण अद्यावधिक गर्न सकिनेछ । यसका लागि गुगल प्ले स्टोरमा नागरिक एपको नयाँ अपडेट आएको छ ।

तत्काल नागरिक एपमा आफ्नो सवारीसाधनको विवरण तथा बाँकी रहेको कर विवरण र भुक्तानी गरेको राजस्व विवरण हेर्न सकिने सुविधा प्राप्त हुनेछ ।

आगामी साउन १ देखि भने नागरिक एपबाटै सवारी साधनको राजस्व भुक्तानी समेत गर्न सकिने बताइएको छ ।

अनलाइनबाट सवारी कर भुक्तानी गर्ने भए पनि एक पटकको लागि भने करदाता यातायात कार्यलय पुग्नु पर्ने भएको छ । 

अनलाइन भुक्तानी सम्बन्धी कार्यविधिअनुसार करको रकम अनलाइनबाट भुक्तानी गर्न सकिनेछ र उक्त बिल बुकको अद्यावधि, भेरिफाइ गर्नको लागि एक महिनाभित्र यातायाता कार्यलय पुग्नु पर्नेछ  । 

एक पटक भेरिफाइ गरिसकेपछि भने अर्को आर्थिक वर्षदेखि यातायात कार्यालय पुग्नुपर्ने छैन । 

सम्बन्धित समाचारहरू

असार मसान्त भित्रै कर तिर्ने अवसर : नत्र ३२ प्रतिशत थप जरिवाना लाग्ने

असार मसान्त भित्रै कर तिर्ने अवसर : नत्र ३२ प्रतिशत थप जरिवाना लाग्ने

तपाईको सवारी साधनको वार्षिक कर तिर्न बाँकी छ कि छैन ? छ भने यही असार मसान्त...

के हो इम्बोस्ड नम्बर प्लेट ? अनलाइनबाटै कसरी लिने इम्बोस्ड नम्बर प्लेट ? (प्रक्रिया सहित)

के हो इम्बोस्ड नम्बर प्लेट ? अनलाइनबाटै कसरी लिने इम्बोस्ड नम्बर प्लेट ? (प्रक्रिया सहित)

इम्बोस्ड नम्बर प्लेटको चर्चा हाल निकै चुलिएको छ । यातायात व्यवस्था...

बागमती प्रदेशमा अब ७० अंक ल्याए ड्राइभिङ लाइसेन्स पाइने, मन्त्रालयले लेख्यो पत्र

बागमती प्रदेशमा अब ७० अंक ल्याए ड्राइभिङ लाइसेन्स पाइने, मन्त्रालयले लेख्यो पत्र

काठमाडौं – बागमती प्रदेशमा सवारी चालक अनुमति पत्र अर्थात ड्राइभिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...