ईसेवाबाट पनि सवारी कर नवीकरण गर्न सकिने, यस्तो छ प्रक्रिया

काठमाडौं – अनलाइन प्लेटफर्म ईसेवाबाट पनि अब सवारी साधनको नवीकरण गर्न सकिने भएको छ । ईसेवाले हालै यसका लागि व्यवस्था गरेको छ ।

ईसेवामार्फत अब सवारी बिमा बुझाउने देखि ब्लुबुक रिन्यु गर्ने सुविधा समेत उपलब्ध भएको छ । यसका लागि निम्न प्रक्रिया अपनाउन सकिन्छ ।
१. सर्वप्रथम Transportation Management Information System (TMIS) https://tmis.bagamati.gov.np/ मा लगइन गरी आफ्नो सवारीको विवरण भर्नुहोस् ।

Nagarik App मार्फत पनि “Vehicle Tax” मा गइ आफ्नो सवारीको विवरण दाखिला गर्न सक्नुहुनेछ ।

२। यसरी सवारी विवरण दाखिला गरिसके पछि अब सवारीको बिमा बुझाउन ईसेवामा “Third Party Insurance”  मा जानुहोस् । यहाँ सम्पूर्ण विवरण भरी बिमा बुझाउने प्रक्रिया पुरा गर्नुहोस् ।

३। बिमा बुझाइसकेपछि अब ब्लुबुक नवीकरण शुल्क बुझाउन ईसेवामा Bluebook Nawikaran (Sawaari Nabikaran)  मा जानुहोस् र विवरण भरी नवीकरण शुल्क सजिलै बुझाउनुहोस् ।

सवारी बिमा बुझाइ ब्लुबुक नवीकरण गरिसकेपछि सही वा छापका लागि ३० दिन भित्र भुक्तानी गर्नु भएको भौचरका साथ आफ्नो यातायात व्यवस्था कार्यालय पुग्नु पर्ने हुन्छ ।

यो भन्दा पहिले बागमती प्रदेशले साउन ८ गतेदेखि अनलाइनबाट सवारी कर तिर्न सकिने सेवा सुरु गरेको थियो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआइएस) र नागरिक एपबाट सवारी कर र नवीकरण गर्ने सुबिधा सुरु गरेको थियो ।

सम्बन्धित समाचारहरू

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो, पास दर कम्तिमा ५० प्रतिशत पुग्ने अपेक्षा

सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो, पास दर कम्तिमा ५० प्रतिशत पुग्ने अपेक्षा

सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा...

स्मार्ट लाइसेन्सको छपाई शुरु, माघ महिना सम्मका बाँकी सबैले स्मार्ट लाइसेन्स पाउने

स्मार्ट लाइसेन्सको छपाई शुरु, माघ महिना सम्मका बाँकी सबैले स्मार्ट लाइसेन्स पाउने

काठमाडौं – सात महिनाको पखाई पश्चात यातायात व्यवस्था विभागले स्मार्ट...

अब स्मार्ट लाइसेन्स प्रदेशमै छापिने, विदाका दिन पनि ट्रायल लिइने

अब स्मार्ट लाइसेन्स प्रदेशमै छापिने, विदाका दिन पनि ट्रायल लिइने

काठमाडौं – सवारी साधनका लागि आवश्यक सवारी चालक अनुमतिपत्र (स्मार्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...