ईसेवाबाट पनि सवारी कर नवीकरण गर्न सकिने, यस्तो छ प्रक्रिया

काठमाडौं – अनलाइन प्लेटफर्म ईसेवाबाट पनि अब सवारी साधनको नवीकरण गर्न सकिने भएको छ । ईसेवाले हालै यसका लागि व्यवस्था गरेको छ ।

ईसेवामार्फत अब सवारी बिमा बुझाउने देखि ब्लुबुक रिन्यु गर्ने सुविधा समेत उपलब्ध भएको छ । यसका लागि निम्न प्रक्रिया अपनाउन सकिन्छ ।
१. सर्वप्रथम Transportation Management Information System (TMIS) https://tmis.bagamati.gov.np/ मा लगइन गरी आफ्नो सवारीको विवरण भर्नुहोस् ।

Nagarik App मार्फत पनि “Vehicle Tax” मा गइ आफ्नो सवारीको विवरण दाखिला गर्न सक्नुहुनेछ ।

२। यसरी सवारी विवरण दाखिला गरिसके पछि अब सवारीको बिमा बुझाउन ईसेवामा “Third Party Insurance”  मा जानुहोस् । यहाँ सम्पूर्ण विवरण भरी बिमा बुझाउने प्रक्रिया पुरा गर्नुहोस् ।

३। बिमा बुझाइसकेपछि अब ब्लुबुक नवीकरण शुल्क बुझाउन ईसेवामा Bluebook Nawikaran (Sawaari Nabikaran)  मा जानुहोस् र विवरण भरी नवीकरण शुल्क सजिलै बुझाउनुहोस् ।

सवारी बिमा बुझाइ ब्लुबुक नवीकरण गरिसकेपछि सही वा छापका लागि ३० दिन भित्र भुक्तानी गर्नु भएको भौचरका साथ आफ्नो यातायात व्यवस्था कार्यालय पुग्नु पर्ने हुन्छ ।

यो भन्दा पहिले बागमती प्रदेशले साउन ८ गतेदेखि अनलाइनबाट सवारी कर तिर्न सकिने सेवा सुरु गरेको थियो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआइएस) र नागरिक एपबाट सवारी कर र नवीकरण गर्ने सुबिधा सुरु गरेको थियो ।

सम्बन्धित समाचारहरू

आज देखि ट्रायल शुरु, परीक्षणकालीन लाइसेन्स पनि वितरण गरिने

आज देखि ट्रायल शुरु, परीक्षणकालीन लाइसेन्स पनि वितरण गरिने

काठमाडौं – आज देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल परीक्षा...

तीन सातामा झन्डै चार लाखले दिए चालक अनुमतिपत्रका लागि आवेदन

तीन सातामा झन्डै चार लाखले दिए चालक अनुमतिपत्रका लागि आवेदन

काठमाडौं – लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या...

लाइसेन्स ट्रायलमा ७० अंक लागु गर्न आनाकानी, यस्तो छ कारण

लाइसेन्स ट्रायलमा ७० अंक लागु गर्न आनाकानी, यस्तो छ कारण

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ १ गतेदेखि लागु हुने गरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...