अब नागरिक एपबाटै सवारी साधनको राजस्व तिर्न र नवीकरण गर्न सकिने

काठमाडौं – अब सवारी साधनको राजस्व र नवीकरण शुल्क समेत नागरिक एपबाटै तिर्न सकिने भएको छ । आज औपचारिक रुपमा सुरुवात भएको नागरिक एपबाट सवारी साधनको राजस्व तथा नवीकरण शुल्क तिर्न सकिने गरी अपग्रेड गरिएको बताइएको छ ।

यसका लागि यातायात व्यवस्था विभाग अन्तर्गतका यातायात कार्यालयहरुमा आवश्यक सिस्टम राख्ने काम भइरहेको छ । अब उक्त सिस्टमलाई सोझै नागरिक एपमा जोडिने बताइएको छ ।

यातायातको सेवा नागरिक एपमा जोड्ने काम अन्तिम चरणमा पुगेको भन्दै अबको केही दिनमा यो सेवा उपयोग गर्न सकिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । यसका लागि नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवाप्रदायकलाई नागरिक एपमा जोड्ने तयारी भइरहेको छ ।

सवारी साधन नवीकरणका लागि सरकारी राजस्वसँगै तेस्रो पक्ष बीमा समेत अनिवार्य रुपमा गराउनुपर्ने हुन्छ । बीमा रकम तिर्न समेत अनलाइन भुक्तानीको व्यवस्था मिलाइने बताइएको छ ।

यससँगै सवारी साधन नवीकरण गराउन नागरिकले खप्दै आएको झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

सुचारु भयो ड्राइभिङ लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाट थाहा पाइने सेवा

सुचारु भयो ड्राइभिङ लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाट थाहा पाइने सेवा

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र छपाइ भए/नभएको...

मोटरसाइकलको नवीकरण, कर र अन्य सेवाहरु दलालमार्फत नगर्न आग्रह

मोटरसाइकलको नवीकरण, कर र अन्य सेवाहरु दलालमार्फत नगर्न आग्रह

काठमाडौं – यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौले दलाल मार्फत काम...

दुई महिनामा ९ हजार लाइसेन्स तयार, माघदेखि दैनिक १० हजारका दरले छापिने

दुई महिनामा ९ हजार लाइसेन्स तयार, माघदेखि दैनिक १० हजारका दरले छापिने

पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब ९ हजार क्यूआर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...