प्रधानमन्त्रीको प्रतिबद्धता : सवारी दर्ता तथा ब्लुबुक नवीकरणको काम अनलाइनबाटै गर्ने व्यवस्था मिलाउँछौं

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले सवारी दर्ता र ब्लुबुक नवीकरणलाई अनलाइनबाट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा विश्वासको मत माग्दै उनले नागरिक सेवामा सुधार ल्याउन विभिन्न सेवाहरू अनलाइन प्रणालीमा ल्याइने बताए ।

सवारी साधन दर्ता, ब्लुबुक​ नवीकरण र घरजग्गा लगायतका सम्पत्ति खरिद बिक्री कर, विद्युत खानेपानी लगायतका सरकारी सेवाका कर लाइन बसेर होइन अनलाइनबाट तिर्ने व्यवस्था गर्नेछौं - उनले भने ।

स्वास्थ्य र कृषि प्राविधिक सेवाहरू पनि अनलाइनबाट उपलब्ध गराइने उनले उल्लेख गरे ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...