सवारीको नम्बर प्लेट कस्तो हुनु पर्छ ? नभए के कस्तो कारवाही हुन्छ ?

कुनै पनि सवारी साधनमा प्रयोग हुने नम्बर प्लेट तोकिएको ढाँचामा तयार हुनु आवश्यक हुन्छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस सम्बन्धी सार्वजनिक सूचना पहिले देखि नै जारी गर्दै आएको छ ।

कार्यालयका अनुसार यातायात व्यवस्था ऐन २०४९ को अनुसुची २ मा उल्लेखित भए बमोजिम सवारी साधनको नम्बर प्लेट हुनु आवश्यक छ । कतिपय सवारी साधनहरुमा सो बमोजिम गरेको नपाईएकोले ऐनमा तोकेबमोजिम नगर्ने सवारी साधनहरुलाई नियमअनुसार कारवाही भई जाने व्यहोरा सूचित गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ठूलो र मझौला सवारी साधनको हकमा नं प्लेटको हकमा १४"/८" साना चार पाङ्गे सवारी साधनको हकमा १२"/७" तिनपाङ्गे सवारी साधनको हकमा १०"/७" र दुइपाङ्गै सवारी साधनको हकमा ८"/५" इन्च हुनु पर्नै छ ।

नम्बर प्लेटमा लेखिने अक्षर र अंकको साईज ठूलो तथा मझौला सवारी साधनको हकमा कम्तीमा ३" अग्लो र १"/२" मोटो, साना चार पाङ्गे मोटो, साना चार पाङ्गे तथा तिन पाङ्गे सवारी साधनको हकमा २" अग्लो र १/२" मोटो तथा दुइ पाङ्गे सवारी साधनको हकमा २ इन्च अग्लो तथा ३/८" मोटो हुनु पर्दछ ।

नम्बर प्लेटको चारै तिर १/२" मो.सा स्कूटर आदिको प्लेटमा १/४" छोडेर अंक र अक्षरमा लेख्नु पर्दछ । अंक र अक्षर बिचको दूरी कम्तिमा १/४" तथा तल्लो र माथिल्लो लाईनको दुरी कम्तिमा १/२"  हुनु पर्दछ ।

के कारवाही हुन्छ ?
यसरी जथाभावी रुपमा नम्बर प्लेट राखेमा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा रहेको ‘नम्बर प्लेट नराखी चलाएमा’ भन्ने बुँदाका आधारमा ट्राफिक प्रहरीले तत्काल ५०० देखि १५०० रूपैँयासम्म जरिवाना गर्ने व्यवस्था रहेको छ ।

यस प्रकारको कसुर पहिलो पटक गर्नेलाई ५ सय रुपैयाँ, दोस्रो पटक गर्नेलाई एक हजार रुपैयाँ र तेस्रो पटक वा सो भन्दा बढी पटक गर्नेलाई १ हजार ५ सय रुपैयाँको जरिवाना यातायात निरीक्षक वा घटिमा प्रहरी सहायक प्रहरी निरीक्षक दर्जा सम्मको अधिकृतले तत्काल गर्न सक्नेछ भनिएको छ ।

सम्बन्धित समाचारहरू

बाइककाे इन्जिन समस्याबारे यस्तो आयो कम्पनीको स्पष्टिकरण

बाइककाे इन्जिन समस्याबारे यस्तो आयो कम्पनीको स्पष्टिकरण

इटालियन मोटरसाइकल निर्माता अप्रिलियाले भारतमा सन् २०२३ मा लन्च गरेको...

नेपाल भित्रियो इटालीको प्रसिद्ध हेल्मेट क्याबर्ग, राइडर्स भ्यालीले बिक्री गर्ने

नेपाल भित्रियो इटालीको प्रसिद्ध हेल्मेट क्याबर्ग, राइडर्स भ्यालीले बिक्री गर्ने

काठमाडौं – अटोमोटिभ कम्पोनेन्ट र स्पेयर पार्ट्सको प्रमुख वितरकको रुपमा...

सीमा क्षेत्रमा बढ्यो स्पेयर पार्ट्सको अबैध कारोबार, टाटा जेन्युइन पार्ट्स सबैभन्दा बढी मारमा

सीमा क्षेत्रमा बढ्यो स्पेयर पार्ट्सको अबैध कारोबार, टाटा जेन्युइन पार्ट्स सबैभन्दा बढी मारमा

खुल्ला सिमानाका कारण बोर्डर साइडमा सामान ओसारपसार हुनु खासै नौलो विषय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...