इम्बोस्ड नम्बर प्लेट वारेमा विभागको प्रस्टोक्ति : साउन १ देखि सबैलाई कारवाही गरिने होइन

काठमाडौं - २०७८ कार्तिकमा प्रकाशित सूचना अनुसार तीव्र गतिमा हुनु पर्ने इम्बोस्ड नम्बर प्लेट जडान नभएको र सेवाग्राहीहरुले यसलाई स्वेच्छिक मानेको कारण यसलाई सम्झाउनका लागि मात्र नयाँ सूचना निकालिएको र यसबाट भ्रम सिर्जना भएको प्रति यातायात व्यवस्था विभागले क्षमा याचना गरेको छ ।

विभागका प्रवक्ताद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार २०७८ कार्तिकमा प्रकाशित सूचना बमोजिम नै २०७९ श्रावण देखि अनिवार्य रुपमा जडान गर्नुपर्ने भनिएका प्रकृतिका सवारी साधनमा त्यस्तो प्लेट जडान भए नभएको अनुगमन गरिने र यसमा स्पष्ट हुन भनिएको छ ।

यस अनुसार २०७८ मंसिर पछि नयाँ दर्ता हुन आएका सवारी, २०७८ फागुन पछि किनबेच भई नामसारी गर्न आएका सवारी र २०७९ जेठ १ पछि सवारी साधनमा समेत इम्बोस्ड नम्बर प्लेट जडान गर्न उत्सुकता नदेखाइएकाले यसलाई सम्झाउनका लागि मात्र सूचना निकालिएको र त्यसै अनुसार कार्य गर्न सेवाग्राहीहरुलाई आग्रह गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

सम्बन्धित समाचारहरू

भदौ २० देखि हुने भयो ड्राइभिङ लाइसेन्सको लिखित र रिट्रायल परीक्षा

भदौ २० देखि हुने भयो ड्राइभिङ लाइसेन्सको लिखित र रिट्रायल परीक्षा

काठमाडौं – कोरोना महामारीका कारण लामो समयदेखि स्थगित भएको सवारी चालक...

लाइसेन्सको आवेदन अब इडिएल प्रणालीबाट हुने, अनलाइनबाटै हुने भएकाले लाइन बस्न नपर्ने

लाइसेन्सको आवेदन अब इडिएल प्रणालीबाट हुने, अनलाइनबाटै हुने भएकाले लाइन बस्न नपर्ने

काठमाडौं – श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले सवारी चालक...

यातायात व्यवस्था विभागले किन छापेन २ लाख ६० हजार स्मार्ट लाइसेन्स कार्ड ?

यातायात व्यवस्था विभागले किन छापेन २ लाख ६० हजार स्मार्ट लाइसेन्स कार्ड ?

काठमाडौं – यातायात व्यवस्था विभागले समयमै काम नगरिदिँदा सवारी चालकहरुले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...