राष्ट्रिय वाणिन्य बैंकले दिदैछ विद्युतीय सवारी साधनमा अन्य भन्दा २ प्रतिशत कम ब्याजदरमा अटो लोन
राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने विभिन्न कर्जा मध्ये सवारी साधन...
विभिन्न निर्जीवन बिमा कम्पनीहरुले असोज मसान्त सम्म मोटर बिमामार्फत ३ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।
यो निर्जीवन बिमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको ३१.२७ प्रतिशत हो । यसका आधारमा निर्जीवन बिमा कम्पनीहरुले आर्जन गर्ने ठूलो हिस्सा नै मोटर बिमाको रहेको छ ।
यद्यपि मोटर बिमामार्फत यसरी आर्जन गरेको रकम भने नेपालमा सवारी साधनको आयातमा कडाई गरिएसँगै ओरालो लागेको छ । गत आर्थिक वर्षको असारमा कम्पनीहरुले १ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ मोटर बिमाबाट आर्जन गरेका थिए भने नयाँ आर्थिक वर्षको साउनमा १ अर्ब २ करोड ७० लाख रुपैयाँमा सीमित भएको थियो ।
त्यसैगरी भदौमा १ अर्ब ७३ लाख रहेकोमा असोजमा भने बढेर १ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।
असोज मसान्त सम्म सबैभन्दा बढी बागमती प्रदेशमा २ लाख ३ हजार ४९७ मोटर बिमालेख जारी भएका छन् । त्यसैगरी लुम्बिनीमा ६१ हजार १३१, प्रदेश नम्बर १ मा ४६ हजार ५४४ र गण्डकी प्रदेशमा ४३ हजार ५०३ मोटर बिमालेख जारी भएका छन् ।
त्यसैगरी मधेश प्रदेशमा ३२ हजार ९५४ र सुदूर पश्चिम प्रदेशमा २० हजार ९७७ मोटर बिमालेख जारी भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ५ हजार ६६९ मोटर बिमालेख जारी भएका छन् ।
गत बैशाख महिना देखि नै नेपाली बजारमा विभिन्न सेगमेन्टका सवारी साधनको आयातमा कडाई गरिएको छ । यसको प्रत्यक्ष असर मोटर बिमामा समेत परेको हो ।
सवारी साधन चलाउने व्यक्तिहरुले सवारी साधनको समेत बिमा अर्थात मोटर बिमा अनिवार्य गर्नुपर्ने व्यवस्था छ ।
राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने विभिन्न कर्जा मध्ये सवारी साधन...
काठमाडौं – कुमारी बैंकले धितोमा राखिएका ११८ सवारी साधन लिलामीमा बिक्री...
काठमाडौं – जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...