फेरारी भन्दा राम्रो सुपरकार निर्माण गर्दै ग्रेटवाल मोटर्स
चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्सले नयाँ सुपरकार विकास गर्ने योजना...
सवारी साधनको प्रदूषण चेक गर्दा पास नहुनेलाई पुस १ देखि १ लाखसम्म जरिवाना हुने भएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले सवारी साधनबाट निस्केको धुवाँले वायु प्रदूषण बढाएको दावी गर्दै पुस १ देखि प्रदुषण पास नगरी चलाइएका गाडीहरुलाई १ लाखसम्म जरिवाना गरिने जनाएको छ ।
यसै बारेमा जानकारी गराउन विभागले बिहिबार एक सूचना जारी गरेको हो । विभागले हिउँदमा काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषणको अवस्था बिग्रेकाले यस्तो कदम चालिएको जनाएको छ ।
अब २०७९ पुस १ गतेपछि भने नगदै जरिवाना गर्ने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र सन्चालनमा ल्याउन दिने विभागले आज जारी गरेको सूचनामा उल्लेख छ ।
वायु प्रदूषणको मुख्य कारक सवारी साधनबाट निस्केको धुवाँ रहेको विभागले उक्त सूचनामा उल्लेख गरेको छ । साथै खुला रूपमा फोहोर जलाउँदा पनि धुवाँ निस्केको र त्यसले प्रदूषण बढाएको विभागको भनाई छ ।
काठमाडौं उपत्यकाभित्र सञ्चालन भइरहेका सवारी साधनमध्ये धेरैमा धुवाँ निस्कासनको अवस्था अत्यन्त दयनीय पाइएको विभागको दाबी छ । यस्ता कार्य गरेको पाइएमा पनि विभागले जरिवाना तिराउने योजना बनाएको छ ।
चिनियाँ अटो निर्माता ग्रेटवाल मोटर्सले नयाँ सुपरकार विकास गर्ने योजना...
नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एसियामै महँगो भएको छ । नेपाल आयल...
नेपालमा पेट्रोलियम पदार्थ आयातमा पाइप लाइन विस्तार गर्न भारत सहमत भएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...