बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतीय अटोबजारमा आन्तरिक खपत बढेपनि सन् २०२३ मा निर्यात भने ह्वात्तै घटेको छ । सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम) ले सेयर गरेको तथ्याङ्क अनुसार सन् २०२३ मा भारतबाट हुने निर्यात २१ प्रतिशतले घटेको हो ।
तथ्याङ्क अनुसार सन् २०२२ मा ५२ लाख ४ हजार ९६६ यूनिट सावरी साधन निर्यात भएकोमा गत वर्ष घटेर ४२ लाख ८५ हजार ८०९ यूनिटमा सिमित भएको हो । प्यासेन्जर कारको निर्यात भने ५ प्रतिशतले बढेर ६ लाख ७७ हजार ९५६ यूनिट पुगेको छ । जुन अघिल्लो वर्ष ६ लाख ४४ हजार ८४२ यूनिट रहेको थियो ।
प्यासेन्जर कारको निर्यात बढे पनि अन्य सेग्मेन्टमा भने गिरावट आएको छ । दुईपाङ्ग्रे सवारी साधन २०२२ मा ४० लाख ५३ हजार २५४ यूनिटबाट घटेर ३२ लाख ४३ हजार ६७३ युनिटमा सिमित भएको छ । दुईपाङ्ग्रेको निर्यातमा २० प्रतिशतले कमि आएको हो ।
तीन पाङ्ग्रे सवारी साधन र कमर्सियल भेइकलको निर्यातमा पनि कमी आएको छ । तीन पाङ्ग्रे सवारी साधनको निर्यात ३० प्रतिशतले घटेर २ लाख ९१ हजार ९१९ यूनिटमा सिमित भएको सियामले जनाएको छ ।
सियामका महानिर्देशक राजेश मेननका अनुसार दक्षिण अफ्रिका र खाडी क्षेत्र जस्ता बजारमा माग बढेका कारण प्यासेन्जर कारको निर्यात बढेको हो । यसैगरी विदेशी मुद्राको अभावका कारण विश्वभर दुई र तीन पाङ्ग्रे सवारीको माग प्रभावित भएको उनले बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...