विवादस्पद तपश्वी बमजनको गाडी मोह, टोयोटा फर्चूनर र चारवटा मोटरसाइकल बरामद

काठमाडौं– तपश्वीको भेषमा विभिन्न आश्राममा अपराधको श्रृंखला मच्चाएका रामवहादुर बमजनले करोडौंको गाडी चढ्ने गरेको पाइएको छ । मंगलबार बुढानीलकण्ठको हात्तीगौंडास्थित उनको घरबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका बमजनलाई सिआइबीले आज सार्वजनिक गरेको हो । सिआइबीका प्रवक्ता नवराज अधिकारीका अनुसार बमजनले धुम्बाराहीस्थित टोयोटा शोरूमबाट ५ करोडको ल्याण्ड क्रुजर गाडी खरिद गर्दै थिए । उक्त गाडी वौद्ध श्रवण धर्म संघ ललितपुरको अध्यक्ष पनित महर्जनको नाममा लिँदै थिए।

एसपी अधिकारीका अनुसार त्यसका लागि बमजनले ३ करोड बुझाइसकेका थिए । बमजनले चढ्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर पनि प्रहरीले बरामद गरेको छ । सोमबार साँझ प्रहरी पुगेको सूचना पाएपछि बोमजन घरबाट हामफालेर भाग्न लाग्दा सिआइबीको टोलीले उनलाई पक्राउ गरेको थियो ।

बमजनको घरबाट तीन करोड रूपैयाँ, विभिन्न १७ देशको ३० लाख बराबरको अवैध मुद्रा, १४ थान मोबाइल, ७ थान ल्यापटप र आइप्याड, २० थान पेनड्राइभ भेटाएको थियो।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...