भिडोल लुब्रिकेन्टको रिटेलर्स मिट सम्पन्न

काठमाडौं – भिडोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक भीजी ल्युब अन्तर्गत शिखर लिंक ट्रेडिङ, ललितपुरले रिटेलर्स मिट सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न सो कार्यक्रममा उपत्यकाका विभिन्न रिटेलर्सको सहभागिता थियो ।

सो अवसरमा प्रमुख अतिथि नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले नयाँ प्रविधिका सवारी साधनका साथै नयाँ प्रविधिका लुब्रिकेन्ट समेत बजारमा उपलब्ध भइरहेका र तिनको उपयोगका लागि नयाँ प्रविधिको ज्ञान लिएका जनशक्ति समेत कार्यरत रहेको यो क्षेत्रमा उपयुक्त गुणस्तरको लुब्रिकेन्ट पहिचान गर्नुपर्ने बताए ।

भीजी ल्युबका बिजनेस हेड दिनेश खनालले नेपाली बजारमा उपलब्ध भिडोल लुब्रिकेन्ट र त्यसको विशेषता वारेमा जानकारी प्रदान गरे ।

सो अवसरमा नासा नेपालका प्रतिनिधि तथा मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकार र भिडोल लुब्रिकेन्टको डिलर सुमित्रा ट्रेडर्स, टेकुका सञ्चालक अशोक कुमार पौडेल र शुभम पावर मल्टी ट्रेडर्स, कलंकीका सञ्चालक गोविन्द आचार्य समेत अतिथिको रुपमा सहभागी थिए ।

शिखर लिंक ट्रेडर्सका सञ्चालक केदार थापा मगरले सबै रिटेलरहरुलाई कार्यक्रममा सहभागी भएकोमा धन्यवाद व्यक्त गर्दै भिडोल लुब्रिकेन्ट गुणस्तरीय भएकैले सवारी साधनका लागि उपयुक्त भएको बताए ।

भीजी ल्युब प्रालिका मार्केटिङ तथा ब्रान्ड हेड समिप तिमिल्सिनाद्वारा सञ्चालित कार्यक्रममा रिटेलरहरुलाई विभिन्न उपहार समेत प्रदान गरिएको थियो ।

नेपालमा भिडोललाई प्रिमियम गुणस्तरको लुव्रिकेन्ट्सका रुपमा लिने गरेको पाइन्छ । यो लुब्रिकेन्ट टु ह्विलरदेखि हेभी इक्विपमेन्टसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न रेन्ज र ग्रेडमा उपलब्ध रहँदै आएको छ । कम्पनीले औद्योगिक क्षेत्रमा पनि लुब्रिकेन्ट्स बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

लक्ष्मी ल्युबद्वारा टोटल इनर्जीको रिटेलर तथा मेकानिक्स भेला सम्पन्न

लक्ष्मी ल्युबद्वारा टोटल इनर्जीको रिटेलर तथा मेकानिक्स भेला सम्पन्न

काठमाडौं – लक्ष्मी ल्युव आयल प्रालिले मंगलबार काठमाडौंमा ‘रिटेलर्स एन्ड...

चन्द्रपुर, नारायणघाट र हेटौंडामा गल्फको नयाँ शोरुम शुभारम्भ

चन्द्रपुर, नारायणघाट र हेटौंडामा गल्फको नयाँ शोरुम शुभारम्भ

काठमाडौं – गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले...

नाडा अटो शो २०२४ को फरक आकर्षण : विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री र अन्य कम्पोनेन्टका स्टल

नाडा अटो शो २०२४ को फरक आकर्षण : विभिन्न ब्रान्डका लुब्रिकेन्ट्स, ब्याट्री र अन्य कम्पोनेन्टका स्टल

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा विभिन्न सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...