चन्द्रपुर, नारायणघाट र हेटौंडामा गल्फको नयाँ शोरुम शुभारम्भ
काठमाडौं – गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले...
वीरगन्ज – भिडोल लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक भीजी ल्युब प्रालिले गत आश्विन ७ गते होटल भिशुवा वीरगन्जमा ‘इन्डष्ट्रियल मिट’ कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालका उद्योगहरुलाई भिडोल लुब्रिकेन्ट्सको सही प्रयोगको तरिकाहरु तथा त्यसबाट पाउन सकिने लाभहरुको बारेमा जानकारी गराउन सो कार्यक्रमको आयोजना गरिएको भीजी ल्युवले बताएको छ ।
सो कार्यक्रममा ४० वटा भन्दा बढी उद्योगबाट १०० भन्दा बढी प्राविधिक, पर्चेज हेड तथा प्रवन्धकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा भीजी ल्युवको उत्पादक टाईड वाटर आयल कम्पनीका ए.जि.एम. प्राविधिक हेड शिरिष चन्दावरकर र अन्तराष्ट्रिय बिक्री व्यापार विभागका सुमन्त्रा दासगुप्ता रहेका थिए ।

कार्यक्रम औपचारिक रुपमा भीजी ल्युब प्रालिका इन्डष्ट्रियल सेल्स हेड प्रतिक पौडेलको स्वागत मन्तव्यबाट शुरुवात भएको थियो र सो कार्यक्रममा अन्य विभिन्न प्रस्तुतिकरणहरु भएको थियो ।
उक्त कार्यक्रममा भीजी ल्युवका व्यापार प्रमुख दिनेश खनालद्वारा गरिएको प्रस्तुतिमा भीजी ल्युब प्रालिको परिचय र नेपाली बजार परिदृश्यबारे जानकारी गरिएको थियो । यसैगरि सुमन्त्रा दासगुप्ताको प्रस्तुतिमा भिडोल ब्रान्डको सिद्धान्त, सम्पदा र अन्तर्राष्ट्रिय व्यापार परिदृश्य र शिरिष चन्दावरकरको प्रस्तुतिमा उत्पादन विशिष्टता र औद्योगिक सञ्चालनमा लुब्रिकेन्टको प्रविधि बारेमा जानकारी गराइएको थियो । नृत्य र गीत जस्ता मनोरञ्जनात्मक प्रदर्शनद्वारा कार्यक्रमको समापन भएको थियो ।

कार्यक्रम जानकारीमूलक र सहयोगी भएकोमा सहभागीहरूले प्रशंसा पनि गरे । इन्दुशंकर चिनी मिल हरिवन सर्लाहीको खरीद प्रमुख अरविन्द गौतमले “कार्यक्रममा उपस्थित हुन पाउँदा र आफ्नो कम्पनीको सेवामा लामो समयदेखि विश्वस्तताका साथ प्रयोग गर्दै आएका ब्रान्डका बारेमा थप जान्न पाउँदा सौभाग्यशाली महसुस भयो” भने । उद्योग प्रतिनिधिहरुलाई नयाँ उत्पादनहरुको जानकारी गराउन तथा ब्यापारिक सम्बन्ध बढाउन यस्ता किसिमका कार्यक्रमहरु पहिले देखि नै निरन्तर भई राख्नु पर्ने कुरा भीजी ल्युब प्रालिका व्यापार प्रमुख दिनेश खनालले बताए ।
टाईड वाटर आयल कम्पनी, लुब्रिकेन्ट्सको बजारमा प्रख्यात नाम हो । अटोमोटिभ तथा इन्डस्ट्रियल बजारहरुमा टाईड वाटर आयलले आफ्ना उत्पादनहरु सप्लाई गरिरहेको छ । टाईड वाटर आयलले आफ्ना उत्पादनहरु भिडोल लुब्रिकेन्ट्सको ब्राण्ड अन्तर्गत बजारीकरण गर्दै आएको हो । यसको रजिस्टर्ड कार्यालय कोलकतामा छ । यस कम्पनीका भिडोल ब्रान्डेड प्रोडक्टहरु हाल ७० भन्दा बढी देशहरुमा बिक्रीवितरण भइरहेको छ ।
भीजी ल्युबले सन् २०१६ जुलाई देखि नेपालमा भिडोल लुब्रिकेन्ट्सलाई प्रतिनिधित्व गर्दै आएको छ । भीजी ल्युब भारतको टाईड वाटर आयल कम्पनीको ब्राण्ड भिडोल लुब्रिकेन्ट्सको लागि नेपालको आधिकारिक विक्रेता हो । विश्वका लाखौँ सवारी धनीहरुले भिडोललाई विश्वसनीय लुब्रिकेन्ट ब्राण्डको रुपमा प्रयोग गरिरहेका छन् । यस कम्पनीले नेपाली बजारमा भारत र युरोपको बेल्जियमबाट अत्याधुनिक र उच्च गुणस्तरको लुब्रिकेन्टहरु आयत गरि बिक्रीवितरण गर्दै आएको छ ।
काठमाडौं – गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले...
काठमाडौं – पेट्रोनस लुब्रिकेन्टको नेपालका लागि आधिकारिक विक्रेता...
भिडोल लुव्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक भिजी ल्यूव प्रालिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...