बाढीपीडित वर्कशपलाई गल्फ लुब्रिकेन्ट्सको सहयोग
नुवाकोट–भोटेकोसी बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त विदुर...
भिडोल लुव्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक भिजी ल्यूव प्रालिले डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ । यही साउन १९ देखि २१ गतेसम्म पोखराको ग्रान्डी होटलमा सम्पन्न उक्त मिटमा देशभरिका २५ डिलर सहभागी भएका थिए ।
कार्यक्रममा आगामी वर्षका लागि डिलरहरुबाट १५ सय किलोलिटर विक्रि गर्ने टार्गेट घोषणा भएको छ । यो मिट कम्पनीले 'वान मोर स्टेप टुवार्ड्स सक्सेस' भन्ने उद्देश्यका साथ सम्पन्न गरेको थियो । जसअन्तर्गत डिलर प्रतिनिधीलाई यो वर्ष सफलताका लागि एक स्टेप अगाडि बढ्ने प्रतिबद्धतासमेत गराएको थियो ।
कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक विवेक बिजुक्छेले अहिलेको विश्व बजारमा लुब्रिकेन्टको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए भने बिजनेस हेड दिनेश खनालले भिडोलको गत आर्थिक वर्षको अवस्थाका बारेमा र आगामी वर्षको योजनाका सम्बन्धमा जानकारी गराए ।
कार्यक्रममा गत सालको बिक्रीका आधारमा विभिन्न डिलरहरु फरक–फरक सेगमेन्टमा पुरस्कृत भएका छन् । जसमा जगदम्बा वेरिङ सेन्टर, विराटनगरले प्रथम, सिर्जना अटो सर्भिस, धरानले द्वितीय र शिखर लिंक ट्रेडिङ, ललितपुरले तृतीय स्थान हासिल गरेका छन् ।
त्यसैगरी सञ्जय अटो सेल्स, धनगढीले बेस्ट न्यू कमर, शिखर लिंक ट्रेडिङ, ललितपुरले बेस्ट टु ह्विलर र पिसीएमओ सेग्मेन्ट सेल्स, बिएन्सा सप्लायर्स, हेटौंडाले बेस्ट थ्री ह्विलर एवं बेस्ट गियर ट्रान्समिसन सेल्स, डिलाइट अटो पार्ट्स सप्लायर्स, नारायणघाटले बेस्ट डिइओ सेगमेन्ट सेल्स, जगदम्बा वेरिङ सेन्टर, विराटनगरले बेस्ट एफइएम सेगमेन्ट सेल्स र सुभम पावर मल्ट्री ट्रेड कलंकीले बेस्ट इन्डिस्ट्रियल सेल्सको अवार्ड जितेका छन् ।
नेपालमा भिडोललाई प्रिमियम गुणस्तरको लुव्रिकेन्ट्सका रुपमा लिने गरेको पाइन्छ । यो लुब्रिकेन्ट टु ह्विलरदेखि हेभी इक्विपमेन्टसम्ममा प्रयोग गर्न मिल्ने विभिन्न रेन्ज र ग्रेडमा उपलब्ध रहँदै आएको छ । कम्पनीले औद्योगिक क्षेत्रमा पनि लुब्रिकेन्ट्स बिक्री–वितरण गरिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...