आजबाट टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’: पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने

काठमाडौँ - नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२६ को अवसरमा, आज फाल्गुन १ गते देखि फागुन ३ गतेसम्म (१३ फेब्रुअरीदेखि १५ फेब्रुअरी, २०२६) भ्यालेन्टाइन स्पेसल ‘एक्सचेन्ज विथ लभ’कार्यक्रम सुरु गरेको छ ।

यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेञ्जका गाडीहरु लैजान सकिने कम्पनीले जनाएको छ । यो अवधिमा जुनसुकै ब्रान्डका पुराना गाडीहरुसँग टाटा ब्रान्डका प्यासेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडीहरु साट्न सकिने छ । यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको हो ।

‘एक्सचेन्ज विथ लभ’ योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरुले आकर्षक छुट, आकर्षक एक्सचेन्ज बोनस, एसेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ बक्स जडान सहित हरेक बुकिङमा आकर्षक उपहारहरु समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस्तै, सो अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन् ।

सम्बन्धित समाचारहरू

भारतमा चर्चा चल्दै सुजुकी जिम्नी इलेक्ट्रिक, चीनमा भने लन्च भइसक्यो यस्तै कार

भारतमा चर्चा चल्दै सुजुकी जिम्नी इलेक्ट्रिक, चीनमा भने लन्च भइसक्यो यस्तै कार

चाइनिज ग्रुप एसएआईसीको सहायक कम्पनी बाओजुनले मारुती सुुजुकी जिम्नी जस्तै...

नियूको एक्सचेन्ज क्याम्पेन आजदेखी शुरु, नगद छुट र अतिरिक्त एक्सचेन्ज मूल्यांकन पाइने

नियूको एक्सचेन्ज क्याम्पेन आजदेखी शुरु, नगद छुट र अतिरिक्त एक्सचेन्ज मूल्यांकन पाइने

इलेक्ट्रिक स्कुटर नियूले आजदेखी एक्सचेन्ज क्याम्पेन आयोजना गरेको छ ।...

कहिलेदेखि चल्छ केयूले ल्याएको हाइड्रोजन कार ?

कहिलेदेखि चल्छ केयूले ल्याएको हाइड्रोजन कार ?

काठमाडौं– धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...