खोप व्यवस्थाका लागि स्वास्थ्य राज्यमन्त्रीसँग नाडा पदाधिकारीको माग

काठमाडौं - नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपालको एक टोलीले आज स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग भेटवार्ता गरेको छ।  

उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको गएको ७ सदस्यीय नाडा प्रतिनिधिमण्डलले नवनियुक्त राज्यमन्त्री श्रेष्ठलाई भेटेर उनको सफल कार्यकालको लागि शुभकामना दिएको हो। 

सो क्रममा अटो व्यवसायमा आबद्ध सबै व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसियनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुका लागि खोप उपलब्ध गराउन उनीहरुले राज्यमन्त्री श्रेष्ठसँग माग गरेका हुन्।  नेपालको अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियन र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउनुपर्ने उनीहरुले आग्रह गरेका थिए। 

उक्त भेटघाटमा नाडाका उपाध्यक्ष चौधरीले कोभिड १९ को कारण नेपालको समग्र अटोमोबाइल व्यवसाय नै समस्यामा परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोबाइलक्षेत्रबाट प्राप्त गर्ने राजस्वमा समेत परेको बताए। 

सरकारले लगाएको निषेधाज्ञा हाल केही खुकुलो भए पनि नेपालको अटोमोबाइलक्षेत्रमा आबद्ध व्यवसायी, कर्मचारी, टेक्निसियन र श्रमिकलाई खोप नहुँदा समस्या परेको नाडाले जनाएको छ। 

यसले व्यवसाय समेत प्रभावित बनेको उनीहरुको भनाइ थियो। राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउन सक्दो प्रयास गर्ने आश्वासन दिएको नाडाले जनाएको छ। 

नाडा प्रतिनिधिमण्डलले स्वास्थ तथा जनसंख्या सचिव लक्ष्मण अर्यालसँग पनि भेटी आवश्यक खोप उपलब्ध गराई दिन अनुरोध गरेको थियो। 

सो भेटघाट तथा छलफलमा सचिव अर्यालले निजी क्षेत्रले समेत खोप आयात गरी वितरण गर्न सकिने व्यवस्था भएकोले त्यसका लागि प्रयास गर्न आग्रह गरेका थिए।

छलफलमा नाडाका उपाध्यक्ष चौधरी, कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंघानिया, केन्द्रीय कार्यसमिति सदस्यद्वय निलमणि पाठक, मिलनबाबु मल्ल, दिपक अग्रवाल र पंकज अग्रवाल समेतको उपस्थिति थियो।

सम्बन्धित समाचारहरू

मुख्यमन्त्री बानिया र नाडाको नयाँ कार्य समिति बिच  छलफल, आपसी सहकार्यमा जोड

मुख्यमन्त्री बानिया र नाडाको नयाँ कार्य समिति बिच छलफल, आपसी सहकार्यमा जोड

काठमाडौं – नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष...

नाडा अध्यक्ष प्रत्यासी धुब्र थापाले घोषणा गरे आफ्नो प्यानल, व्यवसायीसँग अन्तरक्रिया गर्दै

नाडा अध्यक्ष प्रत्यासी धुब्र थापाले घोषणा गरे आफ्नो प्यानल, व्यवसायीसँग अन्तरक्रिया गर्दै

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको...

नेपालमै गाडी उत्पादन गर्न अटोमोबाइल व्यवसायीलाई अर्थमन्त्रिको जोड

नेपालमै गाडी उत्पादन गर्न अटोमोबाइल व्यवसायीलाई अर्थमन्त्रिको जोड

स्वदेशमै गाडीको उत्पादन गर्न अर्थमन्त्री जनार्दन शर्माले अटोमोबाइल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...