एमजीले सार्वजनिक गर्यो नयाँ एडीएपीटी प्लेटफर्म, एउटै प्रविधिमा इलेक्ट्रिकदेखि स्ट्रङ हाइब्रिडसम्म
जेएसडब्ल्यू एमजी मोटर इन्डियाले नयाँ सवारीसाधनका लागि एड्भान्स ड्राइभ...
ह्यान्डब्रेकको प्रयोग कार पार्क गर्दा मात्र सीमित हुँदैन । अनुभवी चालकका अनुसार ह्यान्डब्रेक, जसलाई आपतकालीन ब्रेक पनि भनिन्छ, कठिन र आपतकालीन अवस्थामा पनि अत्यन्त उपयोगी साबित हुन्छ ।
उकालाेमा वा ट्राफिक भएको क्षेत्रमा म्यानुअल ट्रान्समिसन भएको गाडी चलाउँदा ह्यान्डब्रेकको प्रयोग विशेष रूपमा आवश्यक पर्छ । उकालाेमा चालकले ब्रेक प्याडल छोड्दा गाडी पछाडि सर्न थाल्छ। यस्तो अवस्थामा ह्यान्डब्रेकले गाडीलाई पछाडि फर्कनबाट रोक्ने काम गर्छ । क्लच बिस्तारै छोड्दै इन्जिनलाई गतिमा ल्याउँदा, गाडी अगाडि बढ्नुअघि ह्यान्डब्रेक बिस्तारै छोड्दा गाडी सहज रूपमा अघि बढ्छ। यसले क्लच र इन्जिनमा अनावश्यक दबाब पर्ने सम्भावना घटाउँछ र दुर्घटनाको जोखिम कम गर्छ।
त्यस्तै, जब गाडीको मुख्य ब्रेकिङ सिस्टम अर्थात् फुट ब्रेक अचानक असफल हुन्छ, त्यतिबेला ह्यान्डब्रेक अन्तिम उपायको रूपमा प्रयोग गर्न सकिन्छ। फुट ब्रेकले काम नगरेको अवस्थामा चालकले बिस्तारै ह्यान्डब्रेक तानेर गाडीलाई ढिलो पार्दै रोक्न सकिन्छ । तर यसलाई अत्यधिक छिटो तान्दा पछाडिका पाङ्ग्रा लक भएर गाडी नियन्त्रण बाहिर जान सक्छ, त्यसैले ह्यान्डब्रेकलाई सावधानीपूर्वक प्रयोग गर्न आवश्यक हुन्छ।
ह्यान्डब्रेक केवल पार्किङका लागि होइन, बरु आपतकालीन अवस्थाबाट बच्न र कठिन भू–भागमा गाडीको नियन्त्रण कायम राख्न पनि अत्यावश्यक साधन हो । अनुभवी चालकहरूले मात्र होइन, नयाँ चालकहरूले पनि यसको सही प्रयोग सिक्नुपर्ने आवश्यकता देखिन्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...