नाडा अटो शो २०२३ मा लन्च हुँदैछ फोर्सको माइक्रोबस अरबानिया, मूल्य ८२ लाख ९९ हजार

नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले आगामी भाद्र २६ देखि शुरु हुने नाडा अटो शो २०२३ मा फोर्स कम्पनीको माइक्रोबस ‘अरबानिया’ लन्च गर्ने भएको छ ।

भारतमा अत्यधिक माग रहेको र नेपालमा समेत सर्वाधिक मानिसहरुको चासो र पर्खाईमा रहेको भनिएको अरबानिया माइक्रो बसको अनावरण तथा बुकिङ्ग खुल्ला गरि बिक्री वितरण शुभारम्भ गरिने कम्पनीको भनाइ छ ।

नेपालमा आयातित माइक्रोबसहरु मध्ये सबैभन्दा प्रिमियम सुबिधायुक्त रहेको दावी गरिएको सो माइक्रोबस कार जस्तै आरामदायी र सुविधा सम्पन्न रहेको कुरा कम्पनीले जनाएको छ । विषेशत पर्यटन तथा होटल ब्यबसायी, टुर्स एण्ड ट्राभल्स, ठुला कम्पनीहरु ,कुटनीतिक निकायहरु, सरकारी तथा गैर सरकारी संस्थाहरुका लागि यो माइक्रोबस उपयुक्त हुने देखिन्छ ।

सो माइक्रोबस विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन , गियरबक्स तथा एक्सल जडान गरिएको छ ।

अरबानिया सुरक्षाका दृष्टिकोणले सम्पूर्ण रेटिङ्गहरुमा अब्बल मानिएको छ । ड्युअल एयर ब्यागयुक्त सो गाडीमा एरोडाइनामिक क््रयास एण्ड रोलोबर प्रोटेक्सन, डबल स्किन बडी कन्सट्रक्सन, स्टाइलिस डीआरएल हेडल्याम्प, न्यू ट्रान्सफर लिफ, ट्रीपल ए÷सी सिस्टम, अलराउण्ड भिजिबिलिटी स्क्रिन, टेलिस्कोपिक स्टेयरिङ, हरेक सिटमा आइफोन तथा एन्ड्रोइड दूबैका लागि चार्जीङ्ग पोर्टको ब्यबस्था, सेन्ट्रल डोर लकिङ विथ रिमोट किलेस इन्ट्री, हिल होल्ड कन्ट्रोल, क्यामरा बेस रिभर्स पार्क सिस्टम, फलो मी होम फिचर, कोल्याप्सिबल स्टेयरिङ कोलम आदि जस्ता अत्याधुनिक विशेषताहरु यस बसमा रहेको छ । साथै लेटेस्ट जेनेरेशनको एबीएस तथा ईएसपी जस्ता अन्य आधुनिक सुरक्षा प्रणाली समेत जडान भएको छ ।

आकर्षक र सुबिधा सम्पन्न माइक्रोबस भएकाले एक पटक यात्रा गरेपछि पुन यात्राका लागि रोजाइमा पर्ने कम्पनीको भनाइ रहेको छ । स्लाइडिङ डोर सहितको तिन ढोकायुक्त यो बसमा १४ र १८ सिट क्षमतामा उपलब्ध छन् भने यसमा अति आरामदायी रिक्लाइनिङ्ग सिटहरु रहेको छ । सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस, पर्याप्त हाइट साथै बस्न सहजताका लागि फ्रन्ट बम्पर डिजाइन, कुनै दुर्घटना भैहालेमा पनि हेड इन्जुरी कम होस् भन्नका लागि त्यही अनुसारको ड्यासबोर्ड डिजाइन यस बसमा गरिएको छ ।

यस गाडीमा ठुलो सिङ्गल विन्डो रहेकोले आकर्षक दृश्यको अवलोकन गर्न सकिन्छ । यस बसको सुरुवाती मुल्य ८२ लाख ९९ हजार रुपैया रहेको छ । यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ । साथै नाडा अटो शो २०२३ मा बुकिङ्ग गर्नेहरुको लागि आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ ।

फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन् ।

सम्बन्धित समाचारहरू

परिक्षणका क्रममा देखियो फोर्स मोटर्सको नयाँ पिकअप ट्रक

परिक्षणका क्रममा देखियो फोर्स मोटर्सको नयाँ पिकअप ट्रक

फोर्स मोटर्सले छिट्टै बजारमा ल्याउने तयारी थालेको डबल क्याव पिकअप...

फोर्स ट्राभलर इलेक्ट्रिक मिनीबसको परीक्षण सुरु, नेपाल पनि आउने

फोर्स ट्राभलर इलेक्ट्रिक मिनीबसको परीक्षण सुरु, नेपाल पनि आउने

फोर्स मोटर्सले आफ्नो लोकप्रिय मिनीबस, ट्राभलरको ईभी भर्सन परीक्षण गर्न...

फोर्स मोटर्सको गाडी किन्दा रिलायन्स फाइनान्सबाट सहजै कर्जा पाइने

फोर्स मोटर्सको गाडी किन्दा रिलायन्स फाइनान्सबाट सहजै कर्जा पाइने

काठमाडौं– फोर्स मोटर्सको नेपालका लागि आधिकारिक वितरक आयाम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...