सफारी, ह्यारियर र नेक्सनको टप भेरियन्टमा फिचर्स थप गरेर टाटाले ल्यायो जेट एडिसन
टाटा मोटर्सले आफ्ना तीन लोकप्रिय एसयुभी सफारी, ह्यारिय र नेक्नसनलाई...
काठमाडौं – सेमी कन्डक्टरको विश्वव्यापी अभावका कारण अहिले अधिकांश ब्रान्डका लोकप्रिय कार माग बमोजिम आपूर्ति हुन सकिरहेका छैनन । प्यासेन्जर कारमा देखापरेको यो समस्या अहिले पिकअपमा समेत देखा पर्न थालेको छ ।
नेपाली बजारमा कारोबार हुने प्रायः सबैजसो चल्तीका पिकअप अहिले ग्राहकले भनेकै समयमा खरिद गर्न सक्ने अवस्थामा नरहेको व्यवसायीहरुले बताएका छन् । यी पिकअप खरिद गर्न ग्राहकले कम्तीमा पनि २ महिनासम्म कुर्नुपर्ने उनीहरुको भनाइ छ ।
हाल बजारमा महिन्द्रा, इसुजु, टोयोटा, फोर्ड र टाटाका पिकअप बढीमात्रामा बिक्री हुँदै आइरहेका छन् । यी मध्ये टाटा बाहेक अन्य सबै ब्रान्डमा चरम अभाव देखापरेको हो ।
नेपाली बजारमा सर्बाधिक बिक्री हुने महिन्द्रा ब्रान्डको स्कर्पियो पिकअप माग अनुरुप ५० प्रतिशत मात्र आपूर्ति भएका कारण नयाँ ग्राहकलाई तत्कालै डेलिभरी दिन नसकिने आयातकर्ता कम्पनी अग्नि इन्कर्पोरेटेडका बिक्री प्रमुख रोशन श्रेष्ठले बताए । ५ महिनाअघि बुकिङ लिएका ग्राहकलाई दशैं अघिमात्र डेलिभरी दिएर सकाएको श्रेष्ठले बताए । उनले भने, ‘नयाँ बुकिङ लिने ग्राहकलाई डेलिभरी दिने समय सीमा तोक्न नसकेका कारण कम्तीमा पनि २ महिनासम्म कुर्नुपर्ने जानकारी दिएका छौ । भारतमै उत्पादन कम भएका कारण माग अनुसार आपूर्ति हनु नसक्दा स्कर्पियो पिकअपमा समस्या देखा परेको हो ।’ उनका अनुसार महिन्द्राकै बोलेरो पिकअपमा भने अभावको समस्या छैन ।
महिन्द्राको बार्षिक १ हजार हाराहारी पिकअप नेपाली बजारमा बिक्री हुने श्रेष्ठले जानकारी गराए । स्कर्पियो पिकअप टु ह्विल र फोर ह्विल गरी दुबै ड्राइभ अप्सनमा उपलब्ध रहँदै आएको छ । जसको मूल्य ४० लाख ५० हजारदेखि ४७ लाख ८० हजार रुपैयाँसम्म पर्छ ।
जापनिज ब्रान्ड इसुजु पिकअप हात पार्न चाहने ग्राहकले पनि कम्तीमा डेढ महिना कुर्नुपर्ने आधिकारिक बिक्रेता टाइम्स मोटर्सका प्रबन्ध निर्देशक दिपकराज गिरीले बताए । भारतमै उत्पादन हुने भएपनि यसका प्रायः सम्पूर्ण पार्टपूर्जा थाइल्यान्ड र इन्डोनेशियाबाट आयात हुने तर यी दुबै देशमा कोरोनाको प्रभाव कायमै रहेका कारण माग बमोजिम उत्पादन हुन नसकेको उनको भनाइ छ । उनले भने, ‘नेपालमा भदौदेखि बैशाखसम्मलाई पिकअपको मुख्य सिजन मानिन्छ । तर यही सिजनमा अभाव चुलिंदै गएका कारण कारोबार प्रभाबित हुने देखिएको छ ।’ हाल मागको करिब ३० प्रतिशतमात्र आपूर्ति भएका कारण पुरानो बुकिङ नै सकार्न समस्या परेको उनले बताए । इसुजुका एक्सक्याव र हाइल्यान्डर मोडलका पिकअप बिक्री हुँदै आइरहेको छ । जसको मूल्य क्रमश ४५ लाख ९० हजार र ५७ लाख ९० हजार रुपैयाँ पर्छ ।
महंगो र प्रिमियम पिकअपका रुपमा परिचित टोयोटासँग समेत ग्राहकलाई तत्काल डेलिभरी दिन मिल्ने गरी कुनैपनि पिकअप स्टकमा उपलब्ध नरहेको आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट स्रोतले बताएको छ । अहिले बुकिङ लिने नयाँ ग्राहकले गाडी डेलिभरी लिन कम्तीमा पनि १ महिना कुर्नुपर्ने उक्त स्रोतको भनाइ छ । दशैंअघि बुकिङ लिएर बसेका कतिपय ग्राहकलाई समेत कम्पनीले हालसम्म गाडी डेलिभरी दिन सकिरहेको छैन ।
‘दशैमा डेलिभरी दिने गरी नयाँ लट मगाएको तर सिपिङमा समस्या आएका कारण तोकिएकै समयमै डेलिभरी दिन नसकिएको हो’ उक्त स्रोतले भन्यो–विश्वब्यापी रुपमा देखा परेको सेमी कन्डक्टर अभावले भने हालसम्म हाइलक्सको उत्पादनमा समस्या देखिएको छैन ।’ नयाँ लट नोभेम्बर महिनाको अन्तिमसम्ममा आइसक्ने हुँदा यसअघि बुकिङ लिएर बसेका र अहिले तत्कालै बुकिङ लिने ग्राहकलाई समेत सोही सममयमा डेलिभरी दिइने उक्त स्रोतको भनाइ छ । नेपाली बजारमा यसको २ हजार ४ सय र २ हजार ८ सय सीसी क्षमताका पिकअप उपलब्ध छन् । जसको मूल्य क्रमश ९६ लाख र १ करोड १० लाख रुपैयाँ निर्धारण गरिएको छ ।
उता टाटा ब्रान्डको पिकअपमा भने कुनै समस्या नरहेको आधिकारिक बितरक सिप्रदी ट्रेडिङका कर्मसियल भेइकल युनिट प्रमुख अनुप ढकालले बताए । उनका अनुसार टाटा ब्रान्डका पिकअप स्टकमा पर्याप्त उपलब्ध भएका कारण ग्राहकले भनेकै समयमा लिन सक्नेछन् । टाटाका नेपाली बजारमा जेनन र योद्धा मोडलका पिकअप उपलब्ध छन् । जसको मूल्य क्रमशः ४४ लाख र २३ लाख रुपैयाँ पर्छ ।
नेपाली बजारमा गत वर्ष देखि आक्रामक बजार विस्तार गरिरहेको फोटोनका पिकअपको माग समेत बढिरहेको छ । यद्यपि माग अनुसार नै पिकअप उपलब्ध गराइरहेको र बढीमा एक साता सम्म यसका लागि पर्खिनु पर्ने आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल्स प्रालिले बताएको छ । नेपाली बजारमा फोटोनका टुनल्यान्ड ई र टुनल्यान्ड एस गरी दुई भेरिएन्टका फोटोन पिकअप उपलब्ध छन् । यी पिकअपको मूल्य क्रमशः ५५ लाख र ७९ लाख रुपैयाँ छ ।
टाटा मोटर्सले आफ्ना तीन लोकप्रिय एसयुभी सफारी, ह्यारिय र नेक्नसनलाई...
टाटा मोटर्सले कमर्सियल भेइकलको रुपमा बजारमा उपलब्ध गराएको १७ वर्ष पश्चात...
टाटा मोटर्सको लोकप्रिय इलेक्ट्रिक कार नेक्सनमा आगालागी भएको छ । मंगलबार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...