चाडपर्वलाई लक्षित गर्दै प्रोटोनले ल्यायो ६ लाख दक्षिणा सहितको ‘दशैँ–दक्षिणा’ योजना
काठमाडौं – चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोन गाडीको आधिकारिक वितरक...
टीभीएस मोटर्सले यही महिनाको ३० तारिखमा नयाँ अपडेट सहित टीभीएस अपाचे आरआर३१० बाइक लन्च गर्ने भएको छ । सो बाइक २०२१ को सुरुवातमा लन्च हुनुपर्ने थियो तर कोभिड–१९ को कारणले गर्दा यसको लन्चिङ समय सारेको थियो । रिपोर्ट अनुसार सो बाइकमा अपडेट टायर, नयाँ इन्जिन र नयाँ फिचर समावेश हुने अनुमान गरिएको छ ।
रिपोर्ट अनुसार सो बाइकको पावरट्रेनमा सामान्य परिवर्तन गरिएको छ । हाल उपलब्ध मोडलमा ३१० सीसी सिंगल सिलिन्डर इन्जिन उपलब्ध रहेको छ । सो इन्जिन बीएमडब्ल्युको जी ३१० मा आधारित रहेको छ । जसले ३४ एचपीको अधिकतम पावर जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पिड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ ।
यो भन्दा पहिला २०२० मा मिशेलिन रोड ५ टायरको साथमा अपडेट गरिएको थियो । पछि यो मिशेलिन पायलट स्पोर्टस् प्रतिस्थापनको रुपमा देखिएको थियो । हाल नयाँ बाइकमा टीभीएस प्रोटर्क एक्सट्रिम रेडियल रबरको साथमा लन्च हुने अनुमान गरिएको छ ।
अपाचे आरआर३१० बाइक ४ मोडल स्पोर्ट, अर्बन, ट्रयाक र रेन मोडमा उपलब्ध रहेको छ । यसको साथै बाइकमा डुअल च्यानल एबीएसको साथमा दुबै टायरमा डिस्क ब्रेक समावेश गरिएको छ । सो बाइकको मूल्य २ लाख ५० हजार देखि २ लाख ६० हजार भारु एक्स शोरुममा लन्च गर्ने सम्भावाना रहेको छ ।
काठमाडौं – चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोन गाडीको आधिकारिक वितरक...
टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाटमा...
काठमाडौँ – नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...