अपडेटेड किया सेल्टोसको ग्लोबल डेब्यु, यस्ता केही फिचर सार्वजनिक

किया मोटर्सले आफ्नो लोकप्रिय एसयूभी सेल्टोसमा पुनः अपडेट गरेको छ । कम्पनीले सेल्टोसको क्याबिन र एक्सटेरियरमा धेरै परिवर्तन गरेको छ । कम्पनीले आफ्नो होम कन्ट्री दक्षिण कोरियामा यसको ग्लोबल डेब्यु गरेको हो । आगामी जुलाई १४ देखि जुलाई २४ सम्म चल्ने बुसान इन्टरनेसनल मोटर शोमा यसको थप फिचर सहित गाडी सार्वजनिक गरिने छ ।

नयाँ किया सेल्टोसमा हेडल्याम्पको साथमा परिमार्जित एलईडी डेटाइम रनिङ लाइट र थोरै अपडेट गरिएको भर्टिकल फगल्याम्प समावेश गरिएको छ । किया सेल्टोस फेसलिफ्टमा पनि नयाँ फ्रन्ट स्किड प्लेट दिइएको छ, जबकि मेस ग्रिल अलि ठूलो भएको छ । रियर बम्परको प्लाष्टिक क्लेडिङमा रातो रिफ्लेक्टर जडान गरिएको छ ।

नयाँ सेल्टोसको क्याबिन पूर्ण रूपमा अपडेट गरिएको छ । यसमा १०.२५ इन्च डिस्प्लेको ड्यासबोर्ड र रोटरी डायलको ठाउँमा गियर लिभर प्रतिस्थापन गरेको छ । यसको आउटगोइङ मोडलमा केही बटन दिइएको छ । नयाँ सेल्टोसले एचभीएसी कन्ट्रोललाई पनि सपोर्ट गर्छ ।

कियाले अहिलेसम्म वडी पार्टसको बारेमा मात्र खुलाएको छ । आगामी दिनमा कम्पनीले यसको टेक्नोलोजी र स्पेसिफिकेशन्सको बारेमा खुलासा गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

क्रेटा ईभीकै पावरट्रेनमा किया क्यारेन्स ईभी आउने

क्रेटा ईभीकै पावरट्रेनमा किया क्यारेन्स ईभी आउने

काठमाडौं–कियाले आफ्नो लोकप्रिय एमपिभी क्यारेन्सको फेसलिफ्ट भर्सन...

यी फिचर अपडेट भएर आयो सेल्टोस फेसलिफ्ट

यी फिचर अपडेट भएर आयो सेल्टोस फेसलिफ्ट

कियाले आफ्नो लोकप्रिय एसयूभी सेल्टोसको फेसलिफ्ट सार्वजनिक गरेको छ ।...

भोलीदेखी किया र टोयोटाका गाडी महंगो हुने, नेपाली बजारमा समेत प्रभाब पर्ने

भोलीदेखी किया र टोयोटाका गाडी महंगो हुने, नेपाली बजारमा समेत प्रभाब पर्ने

भारतका दुई ठूला अटो उत्पादक किया र टोयोटाले अप्रिल १ देखी गाडीको मूल्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...