निशुल्क अक्सिजन डेलिभरी सेवाको लागि उपाय सिटी कार्गो

कोभिड १९ को बढ्दै गएको सङ्क्रमणले आक्रान्त पारिरहेको बेलामा विरामीको उपचारमा अक्सिजनको धेरै खपत हुन थालेपछि व्यापक माग बढीरहेको छ । सो अभावलाई कम गर्न र उपयुक्त सामाग्री प्रदान गर्न विभिन्न सरकारी निकाय, निजी क्षेत्र तथा विभिन्न संघ संस्थाबाट सहयोग जुट्दै छन् । 

यही बढीरहेको अक्सिजन सिलिन्डरको मागलाई सहज गर्ने उद्देश्यका साथ उपाय सिटी कार्गोले निशुल्क दुवानी सेवा दिइरहेको छ । निषेधाज्ञाका कारण अक्सिजन सिलिन्डर ओसार पसार गर्न सर्वसाधारण तथा केही संस्थाहरुलाई निक्कै समस्या पारीरहेको थाहा पाएपछि उपाय सिटी कार्गोका कर्मचारी र यस संस्थासँग आबद्द टाटा योद्धा र टाटा एसका सवारीधनीहरु मिलेर हाल काठमाडौं, पोखरा तथा बुटवल–भैरहवामा निशुल्क सेवा दिदैं आएका छन ।

उपाय सिटी कार्गोका चिफ अपरेटिङ अफिसर (सीओओ) अमिगो खड्का भन्छन्, “हामीले हाल मे २३ सम्म ५१२ भन्दा बढी अक्सिजन सिलिन्डरहरु डेलिभर गरिसकेका छौं । हाम्रो उपाय सिटी कार्गोको सन्जालमा आबद्द यस घडीमा पनि अग्रपन्थीमा डटेर अत्यावश्यक सामाग्रीहरु दुवानी गर्दै गर्नुभएका मध्ये २० जना टाटा गाडीका सवारीधनीहरुले सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै दुवानी सेवा दिईरहनु भएको छ । हामी प्रार्थना गर्दछौं कि तपाईं वा तपाईंको परिवारमा त्यस्तो कुनै समस्या नआओस, तर परिस्थितीवश अक्सिजन सिलिन्डर दुवानी गर्नुपर्ने अवस्था आएमा हामी छौं भनेर जानकारी दिन चाहन्छौं ।“

आपतको यो बेला सम्पर्क गर्न सजिलो होस् भनेर ९८८१०९८८३० र ९८८१०९८८८० मा फोन गर्न सकिनेछ । यो सेवा २४ घन्टा नै उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

टलब्वाई ह्याचब्याक डिजाइनमा आउदै किया सोल

टलब्वाई ह्याचब्याक डिजाइनमा आउदै किया सोल

भारतमा किया मोटर्सले सोल नाममा नयाँ नाम दर्ता गरेको छ । किया सोल...

नयाँ किया सेल्टोस २०२६ मा अपडेटेड डिजाइन र उन्नत सुविधासहित लन्च हुने

नयाँ किया सेल्टोस २०२६ मा अपडेटेड डिजाइन र उन्नत सुविधासहित लन्च हुने

कियाले हाल दोस्रो पुस्ताको सेल्टोसमा काम गरिरहेको छ । रिपोर्टका अनुसार...

प्यानोरमिक सनरुफ, ६ एयरब्याग र उत्कृष्ट फिचर सहित आउदै किया सेल्टोस

प्यानोरमिक सनरुफ, ६ एयरब्याग र उत्कृष्ट फिचर सहित आउदै किया सेल्टोस

२०२२ किया सेल्टोस फेसलिफ्ट दक्षिण कोरियामा लन्च भएको छ । मिडिया रिपोर्टका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...