भृकुटीमण्डमा सकियो टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला, युनिराइडले बेच्यो धेरै बाइक र स्कुटर

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा गत असोज १ देखि प्रारम्भ भएको टीभीएस ग्रान्ड दसैं एक्सचेन्ज मेला हिजो सम्पन्न भएको छ । ६ दिन सम्म चलेको उक्त मेलामा मेलामा ग्राहकको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । हजारौं संख्यामा ग्राहकहरुको उपस्थिति रहेको र टीभीएस मोटरसाइकल तथा स्कुटर बिक्री पनि उत्साहजनक नै रहेको बताइएको छ ।

मेलामा टीभीएसका २२ वटा डिलरहरु सहभागी थिए । सहभागी डिलहरुमध्ये ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित युनिराइड अटोले सबैभन्दा बढी टीभीएस मोटरसाइकल र स्कटर बिक्री गर्दै प्रथम बन्न सफल भएको युनिराइडका प्रबन्ध निर्देशक निर्मल सिग्देलले जानकारी दिए ।

‘मेलामा ग्राहकहरुको उत्साहजनक सहभागिता रह्यो,’ सिग्देलले भने, ‘ग्राहकबाट युनिराइडप्रति प्राप्त माया र विश्वासप्रति म आभार व्यक्त गर्दछु ।’ युनिराइडप्रति ग्राहकको माया र सद्भावका साथै टीभीएसका मोटरसाइकल र स्कुटरको गुणस्तरीयता तथा युनिराइडका कर्मचारीहरुको मेहनतले पनि यसमा भूमिका खेलेको सिग्देल बताउछन् ।

युवा अटोमोबाइल व्यवसायी निर्मल सिग्देलले ‘लिडिङ आन्ट्रप्रेनर इन अटोमोटिभ इन्डष्ट्रि’ शीर्षकको अवार्ड प्राप्त गरेका थिए । त्यसैगरी यो भन्दा पहिले युनिराइडले टीभीएसको बेस्ट डेब्यु डिलरको उपाधि समेत पाएको थियो ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा अपाचे आरटीआर १६० टुभीको नयाँ भर्सन, ग्राफिक्स र टायर साइजमा परिवर्तन

नेपाली बजारमा अपाचे आरटीआर १६० टुभीको नयाँ भर्सन, ग्राफिक्स र टायर साइजमा परिवर्तन

काठमाडौं – टीभीएसको नयाँ आरटीआर १६० टु भी सार्वजनिक गरिएको छ । टीभीएस...

नेपाली बजारमा टीभीएस रेडरको खुल्यो औपचारिक बुकिङ, मूल्य २ लाख ४८ हजार

नेपाली बजारमा टीभीएस रेडरको खुल्यो औपचारिक बुकिङ, मूल्य २ लाख ४८ हजार

काठमाडौं – नेपाली बजारमा टीभीएस रेडर १२५ मोटरसाइकलको बुकिङ औपचारिक रुपमा...

बजेटपछि एसेम्बल उद्योगमा देखियो क्रेज, यी तीन कम्पनीको प्लान्ट आउँदै

बजेटपछि एसेम्बल उद्योगमा देखियो क्रेज, यी तीन कम्पनीको प्लान्ट आउँदै

आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा एसेम्बल उद्योगलाई सरकारले विभिन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...