टीभीएसको डिलर सञ्चालक सिग्देल भन्छन् : छिट्टै नम्वर वान डिलर बन्ने लक्ष्य लिएका छौ

भारतीय टु ह्विलर ब्रान्ड टीभीएस पछिल्लो समय चर्चाको शिखरमा रहन सफल छ । अपाचे सिरिज र स्कुटरको बिक्री बढेसँगै टीभीएस चर्चामा आएको हो । नेपाल भित्रिएको लामो समय बितिसक्दा पनि खासै चर्चा बटुल्न नसकेको यो ब्रान्डलाई शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले कारोबार थालेपछि कहिल्यै पछि फर्केर हेर्नु परेको छैन । अर्थात भनौ त्यसयता टीभीएसको बिक्री दिनप्रतिदिन बढिरहेको छ ।

बजारमा टीभीएसको माग बढ्न थालेपछि यसको आधिकारिक बिक्रेता बनेर व्यवसाय गर्न चाहनेहरु समेत बढ्न थालेका छन् । हाल देशका प्रायः सबैजसो स्थानमा डिलर नेटवर्क बिस्तार गरिसकेको टीभीएसले पछिल्लो समय ललितपुरको महालक्ष्मीस्थानमा समेत थ्रीएस सहितको शोरुम सञ्चालनमा ल्याएको छ । यसअघिको आधिकारिक बिक्रेता चौधरी ग्रुपमा २० बर्ष व्यतित गरेका निर्मल सिग्देलले उक्त शोरुम सञ्चालनमा ल्याएका हुन् । चौधरी ग्रुपमा रहँदा आफूले १६ बर्षसम्म टीभीएस ब्रान्डकै सर्भिस र स्पेयर पार्ट्स डिभिजन सम्हालेको उनी बताउँछन् ।

लामो समय टीभीएस ब्रान्डमा बिताएका कारण आफूलाई टीभीएस ब्रान्डको बारेमा धेरै ज्ञान भएको सिग्देलले दाबी गरे । उनले भने, ‘टीभीएसमा लामो समय बिताएको अनुभवका आधारमा र यो ब्रान्ड वास्तवमै राम्रो भएकै कारण डिलरसिप लिएको हुँ । पछिल्लो समय टीभीएसले नयाँ प्रविधिका बाइक तथा स्कुटर सार्वजनिक गर्दै आएको छ । यी बाइक र स्कुटर राइडरमाझ लोकप्रिय बनिरहेका छन् पनि । खोज र अनुसन्धानमा अन्य कम्पनीको तुलनामा टीभीएस अगाडि रहँदै आएको छ । जसका कारण टु ह्विलर सेग्मेन्टमा पहिलोपटक टीभीएसले नै एबीएस र स्मार्ट टेक्नोलोजीलाई प्रायोगमा ल्याएको हो । प्रविधिमैत्री साधन भएका कारण बजारमा यो ब्रान्डको माग बढ्दै गैरहेको छ ।’

सर्भिसमा बढी जोड
लामो समयसम्म आफूले यही ब्रान्डको सर्भिस र स्पेयर हेरेका कारण सेल्सको साथसाथै सर्भिसमा बढी जोड दिइने उनको भनाइ छ । ‘मोटरसाइकल बिक्री गरेरमात्र हुँदैन, बिक्री गरेपछि त्यसको लाइफ रहुन्जेल सर्भिस र स्पेयर पार्ट्सको ग्यारेन्टी समेत गर्नुपर्ने हुन्छ । बाइक बिक्री गर्न त सजिलो होला तर ग्राहकलाई सन्तुष्ट बनाउने भनेको सर्भिसमार्फत नै हो । छिटोछरितो र प्रभावकारी सेवा दिन सकिएन भने यसले बिक्रीलाई समेत प्रभाबित गर्न सक्छ । सोही कुरालाई मनन गर्दै हामीले बिक्री पछिको सेवामा सबैभन्दा बढी जोड दिएका छौ’ उनले भने । फराकिलो पूर्वाधारमा फैलिएको शोरुमसँगै सर्भिस र स्पेयर पार्ट्स समेत उपलब्ध हुने हुँदा ग्राहकलाई सेवा लिन सहज हुने उनको भनाइ छ ।

राम्रो सेवा दिनका लागि दक्ष तथा अनुभवी टेक्निसियनको टिम तयार पारिएको सिग्देल बताउँछन् । उनी भन्छन, ‘सर्भिसमा सम्झौता नगर्ने हाम्रो रणनीति हो । जसका लागि लामो समयको अनुभव भएका र तालिमप्राप्त मेकानिक्सलाई काममा खटाएका छौ । हामीसँग अहिले १६ जनाको टिम रहेको छ । जसमध्ये ठूलो संख्या सर्भिसमा खटिएका छन् । स्पेयर पार्ट्स जेन्युइन बाहेक अन्य प्रयोग गर्दैनौ ।’

स्कुटरको माग बढी
टीभीएसका प्रायः सबैजसो मोडल सफल भएपनि पछिल्लो समय एनटर्क स्कुटरको माग अत्याधिक रहेको उनी बताउँछन् । ‘स्मार्ट र कनेक्टेड फिचर्सका कारण एनटर्क स्कुटरमा ग्राहकको आकर्षण बढिरहेको छ । अन्य स्कुटरको तुलनामा पावर र पर्फमेन्स समेत उच्च रहेको कारण एनटर्क सेग्मेन्टमै सर्बाधिक सफल बनेको हो । एनटर्कले हाल बजारमा सर्बाधिक बिक्री हुने स्कुटरको पहिचान बनाएको छ ।’

स्कुटरको साथै अपाचे सिरिजका बाइकमा समेत युवाहरुको आकर्षण बढ्दै गएका कारण टीभीएस छिट्टै नेपाली बजारमा अग्रणी ब्रान्ड बन्ने उनको विश्वास छ ।

नम्वर वान डिलर बन्ने लक्ष्य
शोरुम सञ्चालनमा आएको ४ महिना पुरा भएको र यस अवधिमा ४ सय हाराहारी मोटरसाइकल तथा स्कुटर बिक्री गर्न सफल भएको उनले बताए । हालको बिक्रीमा सन्तुष्टि लिएर नबस्ने र भोलिका दिनमा अझै बिक्री बढाउन लागिपर्ने उनको योजना छ । यससँगै अबको केही समयभित्र देशभरको डिलरमा नम्वर वान बन्ने लक्ष्य आफूले राखेको समेत उनको भनाइ छ । ‘हामी आज हासिल गरेको उपलब्धिमा सन्तुष्टि लिएर बस्नेवाला छैनौ । भोलिका दिनमा अझै राम्रो गरी देशकै उत्कृष्ट डिलरको पहिचान बनाउन कटिबद्ध छौ । यो व्यवसायमा लामो समयसम्म रहिरहने गरी प्रबेश गरेका कारण ढिलोचाँडो उक्त लक्ष्य हासिल गरेरै छाड्ने छौ’ उनले जिकिर गरे ।

अन्य सुविधा पनि
फराकिलो पूर्बाधारमा फैलिएको शोरुमका कारण शोरुम परिसरभित्रै टेष्ट राइड गर्न सकिने उनको भनाइ छ । फाइनान्स सुबिधामा खरिद गर्न चाहने ग्राहकको लागि आफूले जगदम्बा मोटर्ससँग सहकार्य गरी सहजीकरण गर्ने गरेको उनी बताउँछन् । शोरुमको माथिल्लो फ्लोरमा उनले बर्गर हाउसको फ्रेन्चाइजी समेत सञ्चालन गरेका छन् । जसका कारण ग्राहकलाई रिफ्रेसमेन्ट र फूर्सदको समय सदुपयोग गर्न सहज हुने गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...