बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
जापानमा धेरै सवारी साधन उत्पादन हुन्छन् । यो विश्वमै विकसित देश मानिन्छ । यहाँ ड्राइभिङ सम्बन्धी पनि कडा र अनौठा नियम छन् । जापानको ड्राइभिङ सम्बन्धी कानुनले सबैलाई चकित पार्न सक्छ । साथै यसबाट केही सिक्ने अवसर पनि पाउन सकिन्छ ।
मापसे गर्ने ड्राइभर, यात्रु र रेष्टुराँ समेतलाई सजाय
मादक पदार्थ सेवन गरी ड्राइभिङ गर्न विश्वमा कतै पनि अनुमति छैन । तर जापान एउटा यस्तो देश हो जहाँ मादक पदार्थ सेवन गरी कुनै पनि सवारी साधनमा यात्रा गर्न पाइदैन । यदि यस्तो पाइएमा त्यहाँको ट्राफिक प्रहरीले ५ लाख येन जरिवाना तिराउन सक्छ । त्यति मात्र होइन, यात्रुलाई मादक पदार्थ सेवन गरी यात्रा गराएमा ड्राइभरलाई समेत जरिवाना तिराउने व्यवस्था गरिएको छ । साथै उसले खाएको रेस्टुराँ वा बारलाई पनि सजाय दिइन्छ ।
सिनियर ड्राइभरको लागि पाठ्यक्रम
अन्य देशमा ७०÷७५ वर्षको उमेरमा अवकासको जीवन विताइरहेका हुन्छन् । तर जापानमा भने ७०÷७५ वर्षको उमेरमा पनि ड्राइभिङ स्कुलमा ड्राइभिङको साथ साथै संज्ञानात्मक कुरा सिक्नु पर्ने अनिवार्य छ । सो नियम जापानको कानुनमा नै व्यवस्था गरिएको छ ।
एक व्यक्ति एक नम्बर प्लेट
जापानमा यदि तपाईं कार बेच्नु हुन्छ भने कारको नयाँ मालिकले आफ्नै नयाँ नम्बर प्लेट लिनु पर्छ । जबकि आफ्नो पुरानो नम्बर प्लेट तपाईंकै अर्काे कारमा राख्न सकिन्छ । कार बिक्री पछि वा खरिद पछि पनि स्थानीय पुलिस विभागमा पुनः दर्ता गर्नु पर्छ ।
कारको रङ
जापानमा कारमा जथाभावी रङ वा स्टिकर टाँस्ने अनुमति छैन । यसका लागि कारको पछाडिको भागलाई प्रयोग गर्न सकिन्छ ।
साइकलको दर्ता
जापानमा सवारी साधनको मात्र दर्ता गर्नुका साथ साथै साइकलको पनि दर्ता गर्नु आवश्यक छ । स्थानीय पुलिस विभागमा साइकलको दर्ता गर्नु पर्छ । साथै साइकलमा लाइट पनि जडान गर्नु पर्छ । साइकलमा २ वा २ जना भन्दा बढी यात्रा गर्ने अनुमति छैन ।
लाइसेन्सको लागि अंकहरु
जापानमा यदि ५ वर्षसम्म कुनै पनि प्रकारको कानून उल्लंघन गरेको छैन भने तपाईंलाई गोल्डेन लाइसेन्स प्रदान गरिन्छ । यसबाट तपाईंलाई बिमामा छुट दिइन्छ । निलो लाइसेन्सले नयाँ ड्राइभर वा ट्राफिक उल्लंघनमा समातेको भनेर बुझ्न सकिन्छ । निलो लाइसेन्समा सानो तिनो गल्तीले पनि लाइसेन्स निलम्बन हुन सक्छ । यदि निलम्बन अवधि छोट्याउन चाहनु हुन्छ भने जापानको यातायात सुरक्षा गतिविधिमा भाग लिनु पर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...