नाइमा मोबिलिटी एक्सपाेमा सनलङका २ ईभी भ्यान लन्च हुने, मूल्य कति ?
काठमाडौं -‘नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५’ मा चिनियाँ कमर्सियल भेइकल...
चीनको नान्जिङ जाइयुन स्पेसल इलेक्ट्रिक भेइकल कम्पनीको इलेक्ट्रिक कार सिटी स्पिरिट नेपाली बजारमा भित्रिएको छ । हाल नेपाली बजारमा उपलब्ध विभिन्न कम्पनीका इलेक्ट्रिक कार भन्दा फरक लुकमा उपलब्ध यो कारलाई कम्पनीले अर्बन मोबिलिटीका लागि स्मार्ट कार भनेको छ ।
विशेष गरी सहरी क्षेत्रमा प्रयोग गर्नका लागि स्मार्ट कारको रुपमा सिटी स्पिरिटलाई प्रयोग गर्न सकिन्छ । नेपाली बजारमा पहिले देखि नै विभिन्न प्रकारका इलेक्ट्रिक सवारी साधन प्रवद्र्धन गरिरहेको श्री इको भिजनरी प्रालिले सो इलेक्ट्रिक कार भित्र्याएको हो ।
दुई र चार सिट अप्सनमा उपलब्ध सो कार गो ग्रिन ७२२२ र गो ग्रिन ७२५४ मोडलमा उपलब्ध छ । इको भिजनरी प्रालिका अध्यक्ष उमेशराज श्रेष्ठका अनुसार लिड एसिड र लिथियम गरी दुई ब्याट्री अप्सनमा सो कार उपलब्ध हुनेछ ।
चार सिट अप्सनको सिटी स्पिरिटमा १० किलोवाट आवरको लिथियम वा लिड एसिड ब्याट्रीको प्रयोग गरिएको छ । यसमा १५ किलोवाट सम्म पावर दिने मोटर प्रयोग गरिएको छ । लिथियम ब्याट्रीले १५० र लिड एसिड ब्याट्रीले १२० किलोमिटरको माइलेज दिन्छ । यसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ ।
चार सिटे सिटी स्पिरिटको लम्बाई २,५४५ एमएम, चौडाई १,२९० एमएम र उचाई १,५७० एमएम छ । लिथियम ब्याट्रीयुक्त चार सिटे सिटी स्पिरिटको मूल्य १८ लाख ८५ हजार र लिड एसिड ब्याट्रीयुक्त सिटी स्पिरिटको मूल्य १४ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।
दुई सिट अप्सनको सिटी स्पिरिटको क्षमता पनि चार सिटे जस्तै छ । तर यसमा दुई जना व्यक्ति मात्रै बस्न मिल्छ । यसको लम्बाई २,२४५ एमएम, चौडाई १,२९० एमएम र उचाई १,५७० एमएम छ । लिथियम ब्याट्रीयुक्त दुई सिटे सिटी स्पिरिटको मूल्य १७ लाख ८५ हजार र लिड एसिड ब्याट्रीयुक्त सिटी स्पिरिटको मूल्य १३ लाख ८५ हजार रुपैयाँ तोकिएको छ ।
यो गाडीमा भएको ब्याट्रीलाई फुल चार्ज गर्नका लागि ४ देखि ६ घण्टा लाग्छ । चार सिटेमा पावर स्टेयरिङ र दुई सिटेमा नर्मल स्टेयरिङ उपलब्ध छ । त्यसैगरी यसमा म्युजिक सिस्टम एमपी५ सहितको कार एसी, इन्टेरियर लिडिङ ल्याम्प, सन भाइजर, रिमोट सेन्ट्रल लकिङ आदि सुविधा यसमा उपलब्ध छन् ।
श्री इको भिजनरीले यो गाडीको मोटर र कन्ट्रोलरमा २ वर्ष तथा लिथियम ब्याट्रीमा ३ वर्ष वा ६० हजार किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध हुने बताएको छ । त्यसैगरी पुरै गाडीमा १ वर्षको वारेन्टी उपलब्ध हुनेछ ।
काठमाडौंको बाफलस्थित इको भिजनरीको सोरुममा गएर यो गाडी अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न सकिन्छ ।
एउटा सामान्य स्कुटरको विकल्पमा यसलाई दोस्रो गाडीको रुपमा प्रयोग गर्न सकिन्छ । सहरमा छोटो दुरीको यात्रामा रमाउनेहरुका लागि उपयुक्त भएकाले इको भिजनरीले ‘हेल्मेट हटाऔं, सिटबेल्ट लगाऔं’ नामक नारा नै ल्याएको बताएको छ । प्रत्येक घरमा दोस्रो कारको रुपमा यसलाई प्रयोग गर्न सकिने इको भिजनरीका अध्यक्ष श्रेष्ठले बताए ।
सिटी स्पिरिट चीनका साथै जापान र विभिन्न युरोपेली देशमा समेत निकै नै लोकप्रिय छ । नेपालमा पनि फरक लुक र आकर्षक फिचरका साथ उपलब्ध भएकाले यसले राम्रो बजार लिने अपेक्षा इको भिजनरीले गरेको छ ।
काठमाडौं -‘नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५’ मा चिनियाँ कमर्सियल भेइकल...
टीभीएस मोटरले नयाँ इलेक्ट्रिक स्कुटर टीभीएस एक्स लन्च गरेको छ । लाइभ...
सेमी कन्डक्टरको प्रयोग हरेक क्षेत्रमा गरिन्छ । यसको प्रयोग स्मार्टफोन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...