युनिराइड बन्यो टीभीएसको ‘बेष्ट डेब्यु डिलर’

काठमाडौं – स्थापनाको छोटो समयमै ललितपुरको महालक्ष्मीस्थानस्थित टीभीएसको आधिकारिक बिक्रेता युनिराइड अटो उत्कृष्ट डिलरको उपाधिबाट सम्मानित भएको छ । टीभीएसको बिक्रेता बनेको ६ महिना अवधिमै युनिराइडले उक्त उपाधि हात पारेको हो ।

टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्सले हालसालै आयोजना गरेको भर्चुअल डिलर मिट कार्यक्रममा देशभर रहेका १५० भन्दा बढी डिलरलाई पछि पार्दै युनिराइडले ‘बेष्ट डेब्यु डिलर’ उपाधि हात पार्न सफल भएको सञ्चालक निर्मल सिग्देलले बताए ।

डिलर मिट कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले छोटो समयमै युनिराइडले सेल्स, सर्भिस र स्पेयर पार्ट्समा उत्कृष्टता प्रदर्शन गर्न सफल भएको बताए । ग्राहकको विश्वास जित्न सफल र सामाजिक क्षेत्रमा समेत सक्रिय युनिराइडले राम्रो काम गर्न सफल रहेको भन्दै अग्रवालले प्रशंसा गरे ।

शोरुम सञ्चालनमा ल्याएको छोटो समयमै कम्पनीको लक्ष्य पछ्याउँदै अगाडि बढिरहेको सन्दर्भमा उक्त अवार्ड पाउँदा निकै खुसी लागेको सञ्चालक सिग्देलले बताए । ‘आगामी दिनमा अझ उत्कृष्ट काम गर्न यो अवार्डले प्रेरणा तथा हौसला प्रदान गरेको छ,’ उनले भने ।

सञ्चालक सिग्देलका अनुसार युनिराइडले ग्राहकको सुविधालाई मध्यनजर गरी एकै ठाउँबाट सेल्स, सर्भिस र स्पेयर पाटर््सको सुविधा प्रदान गर्दै आइरहेको छ । उनले भने,‘टीभीएसको नयाँ बाइक तथा स्कुटर खरिद तथा पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्च गर्न युनिराइड ग्राहकको आकर्षण बनिरहेको छ ।’

सम्बन्धित समाचारहरू

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

टीभीएसको विशेष एक्सचेन्ज मेला भोलिदेखी भृकुटीमण्डपमा, के–के छन् आकर्षण

टीभीएसको विशेष एक्सचेन्ज मेला भोलिदेखी भृकुटीमण्डपमा, के–के छन् आकर्षण

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...

टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरको नयाँ बेस र टप भेरिएन्ट थप

टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरको नयाँ बेस र टप भेरिएन्ट थप

टीभीएसले आफ्नो एक मात्र इलेक्ट्रिक स्कुटर आईक्युबको नयाँ भेरिएन्ट थपेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...