चीनले सञ्चालनमा ल्यायो पानी मुनि बनेको सबैभन्दा लामो सुरुङ मार्ग

चीनमा पानी मुनि बनेको सबैभन्दा लामो सुरुङ मार्ग सञ्चालनमा आएको छ । गत डिसेम्बर २० देखि सञ्चालनमा आएको उक्त सुरुङ मार्ग पूर्वी प्रान्त जियाङसुस्थित ताइहु तालमुनि बनेको हो ।

१०.७९ किलोमिटर लामो उक्त सुरुङ मार्ग बनाउन १ अर्ब ५६ करोड अमेरिकी डलर लागेको थियो । सो मार्ग चाङझोउ-वुक्सी सडक मार्गको एक खण्डको रुपमा रहेको छ । सुरुङ मार्ग प्रयोगमा आएसँगै शाङघाई र नानजिङबीच हुने यात्रा सहज हुनेछ ।

१७.४५ मिटर चौडाइको उक्त सुरुङमा ६ लेनको सडक निर्माण गरिएको छ । यसको सिलिङमा एलइडी लाइटहरु जडान गरिएको छ, जसले गर्दा चालकलाई थकानको महसुस हुँदैन ।

यसको निर्माण सन् २०१८ को जनवरी ९ देखि थालिएको थियो ।

सम्बन्धित समाचारहरू

लापसे गरी स्कुटर चलाउने दुई राइडर पक्राउ

लापसे गरी स्कुटर चलाउने दुई राइडर पक्राउ

भक्तपुर–भक्तपुरको सानोठिमी क्षेत्रमा गरिएको विशेष चेकिङका क्रममा...

गैंडाकोटबाट ‘राइनो क्रुज’ सञ्चालनमा आउँदै, एकैपटक २०० जना यात्रु बोक्न सक्ने

गैंडाकोटबाट ‘राइनो क्रुज’ सञ्चालनमा आउँदै, एकैपटक २०० जना यात्रु बोक्न सक्ने

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित...

अब धरहरामा नि: शुल्क पार्किङ

अब धरहरामा नि: शुल्क पार्किङ

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा धरहरा क्षेत्रमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...