नयाँ बसपार्क, ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ बन्ने, चीनसँग भयो सहमति

काठमाडौँ - दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने ‘अन्डरपास’ (भेहिकल अन्डरपास) निर्माण हुने भएको छ ।

कङ्लकी–वसुन्धारा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा ‘अन्डरपास’ निर्माण हुने भएको हो । ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी ‘अन्डरपास’ निर्माणका लागि चीनसँग सहमति भएको जानकारी दिए । उनले भने, “यसअघि चक्रपथको सो खण्डलाई कोटेश्वर–कलङ्की जस्तै विस्तार मात्र गर्ने सहमति भए पनि बढ्दै गएको सवारी चाप तथा मानवीय आवागमनलाई ध्यानमा राख्दै ‘अन्डरपास’ समेत निर्माण गरिदिन प्रस्ताव गरिएकोमा चिनियाँ पक्षले त्यसमा सहमति जनाएको हो ।”

उनका अनुसार केही दिनअघि नेपालका लागि चीनका राजदूतलगायतको टोलीले ‘अन्डरपास’ निर्माण गरिने ठाउँको अवलोकन गरेको थियो । त्यसपछि सो कार्यका लागि नेपाल र चीनबिच सो सहमति भएको हो । यसअघि चीनले चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलङ्की १०।३९ किमी) आठ लेनमा विस्तार गरी नेपाललाई हस्तान्तरण गरिसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाका प्रमुख डा। विजय जैशीले चक्रपथ विस्तारका लागि अहिले चिनियाँ पक्षले ‘अन्डरपास’ सहितको नयाँ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरिरहेको जानकारी दिँदै भने । महाशाखा प्रमुख डा। जैशीका अनुसार बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिर सार्ने तर स्वयम्भू क्षेत्रका संरचना नभत्काउने गरी नयाँ ‘डिपिआर’ तयार गर्ने सहमति भएको हो ।

उनले नयाँ ‘डिपिआर’ बनेर मन्त्रालयलाई हस्तान्तरण गरेपछि स्वीकृत गरेर मात्र चक्रपथको विस्तार तथा ‘अन्डरपास’ निर्माण सुरु हुने बताए ।

सम्बन्धित समाचारहरू

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तयारी, सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तयारी, सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा...

८८.६ किलोमिटर लामो भरतपुर बृहत् चक्रपथ सञ्चालनमा

८८.६ किलोमिटर लामो भरतपुर बृहत् चक्रपथ सञ्चालनमा

चितवन– देशकै सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ आज भरतपुरमा उद्घाटन...

मनसुनमा आफ्नो इलेक्ट्रिक स्कुटरलाई यसरी हेरचाह गर्नुहोस्

मनसुनमा आफ्नो इलेक्ट्रिक स्कुटरलाई यसरी हेरचाह गर्नुहोस्

पछिल्ला केही वर्षयता इलेक्ट्रिक सवारी साधनको माग बढेको छ । तर, इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...